दोलखा,२३ पुस । दोलखामा पुनः हिमपात शुरु भएको छ । आज बिहानैबाट दोलखाको उच्च हिमाली क्षेत्रहरुमा हिमपात संगै दोलखाको तापक्रम घटेको छ ।
जिल्लाको कालिञ्चोक, शैलुङ, जिरीको च्योर्दुङ, हनुमान्ते लगायत क्षेत्रमा बिहानैबाट हिमपात शुरु भएको हो । हिमपात संगै चिसो बढे पछि बालबालिका र बृद्धबृद्धा बढि प्रभावित बनेका छन् ।
यस अघि पुस १३ गते पनि दोलखाको विभिन्न भागमा हिमपात हुँदा चिसो बढेको थियो । भूकम्पका कारण अस्थाई आवशमा रहेका भूकम्पपीडितहरु चिसोको मारमा परेका छन् ।
चिसो बढे सँगै विद्यालयहरुमा पनि विद्यार्थीहरुको उपस्थिति न्यून देखिएको छ । यसै बीच रामेछापको गोकुलगंगा गाउँपालिकाको पहाडि क्षेत्रहरुमा पनि हिमपात शुरु भएको छ ।
जिल्लाको उत्तरी क्षेत्र शेरदिङ, देउराली, तामेडाँडा लगायतका क्षेत्रहरुमा बिहानैबाट हिमपात शुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्