ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आठ परियोजना एकैसाथ अघि बढ्ने


admin
२३ पुस २०७५, सोमबार   ३ : ४२   बजे

गोदावरी, २३ पुस । गोदावरी नगरपालिकाले एकैसाथ अघि बढाएका नौ परियोजनामध्येका आठ परियोजना एकैसाथ अघि बढ्ने भएका छन् । गोदावरीलाई पर्यावरणीय पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न एकैसाथ अघि बढाइएका नौ परियोजनामध्ये एकको काम धमाधम अघि बढ्दा बाँकी आठको काम फूल्चोकी एकीकृत विकास कार्यक्रमले जिल्ला वन कार्यालयसँग वातावरणीय प्रभावको मापदण्ड पूरा गर्नुपर्ने प्रक्रिया अन्तिम चरणमा रहेकाले केही समयपछि शुरु गर्ने भएको छ ।

कार्यक्रमका प्रमुख डा अष्टमान किसी महर्जनले भन्नुभयो, “ वातावरणीय प्रभाव न्यूनीकरणको विश्लेषण अध्ययन अन्तिम चरणमा पुगेको छ, वन क्षेत्रमा पर्ने प्रभावको अध्ययन समाप्ति भएसँगै हामी आठ वटा परियोजना एकैसाथ अघि बढाउने छौँ ।”

फूल्चोकीको वन ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । पच्चीस हेक्टर क्षेत्रफलमा उक्त आठ योजना सञ्चालन हुनेछ । तीन हेक्टर जमीनमा नौधारा मन्दिर अगाडि सांस्कृतिक सङ्ग्रहालय तथा बालउद्यान निर्माण, छ हेक्टरमा गोदावरी फूल्चोकी केबुलकार, दुई हेक्टरमा देउराली डाँडामा शहीद उद्यान, पाँच हेक्टरमा होटल तथा रिसोर्ट र तीन हेक्टर, बुद्धस्तूपा, दुई हेक्टरमा प्याराग्लाइडिङ निर्माण, दुई हेक्टरमा चापाखर्क र लाखेडाँडामा गुम्बा निर्माण र दुई हेक्टरमा दृश्यावलोकनस्तम्भका लागि जमीन प्रयोग हुने महर्जनले जानकारी दिनुभयो ।

कार्यक्रमले गोदावरीको फूल्चोकीमा नौ योजना सम्पन्न गर्दा कूल दुई अर्ब अष्ट्रेलियन डलर खर्च हुने अनुमान गरेको छ ।

“फूल्चोकीमा होटल तथा रिसोर्ट निर्माणमा फूल्चोकी एकीकृत विकास कार्यक्रमले रु २५ लाख, बालोद्यान र त्यहाँको व्यवस्थामा रु दुई लाख, तीन स्थानमा दृश्यावलोकनस्तम्भमा रु दुई लाख, पर्यटक प्रतीक्षालयमा रु पाँच लाख, सांस्कृतिक सङ्ग्रहालय निर्माणमा रु पाँच लाख, स्तूपमा रु पाँच लाख, पानी वितरणमा रु तीन लाख, पर्यटक सूचना केन्द्रमा रु दुई लाख र फूल्चोकीमा यातायात सञ्चालन गराउन रु तीन लाख अष्ट्रेलियन डलर खर्च हुनेछ ।”

नौ परियोजना निर्माण सम्पन्न गर्न नेपाल, अष्ट्रेलिया र चीन सरकार तथा गोदावरी नगरपालिका र गोदावरीको पर्यावरण मञ्चको कोषमा रहेको रकम खर्च हुने महर्जनले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group