ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली सेनाबाट युद्धकला सिक्ने सबै भन्दा बढी चीन


एबीसी न्यूज
२३ पुस २०७५, सोमबार   ५ : ३५   बजे

 

काठमाडौं, २३ पुस । नेपाली सेनाद्वारा यहाँ सञ्चालित प्रतिविद्रोह तथा जङ्गल ‘वारफेयर’ शिक्षालय अहिले विदेशी सैनिकलाई समेत जङ्गल युद्धकला सिक्ने उत्कृष्ट तालीम केन्द्र बन्न पुगेको छ ।

पछिल्लो वर्षयता विशेषगरी अमेरिका, चीन तथा भारतका सैनिक अधिकृतका लागि प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद क्षमता अभिवृद्धि गर्न शिक्षालय पहिलो रोजाइ नै बन्न पुगेको छ । नेपाली सेनाका अधिकृत क्याडरका लागि शिक्षालयको तालीम अनिवार्य त छँदैछ ।

विशेषगरी सुरक्षा अङ्गको प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद क्षमता अभिवृद्धि गर्न जङ्गल युद्धकला तालीम अति महत्वपूर्ण अङ्ग मानिन्छ ।

शिक्षालयका प्रमुख महासेनानी गौरवकुमार केसीका अनुसार शिक्षालयबाट भारतका छ, पाकिस्तानका सात, बङ्गलादेशका पाँच, मलेशियाका एक, चीनका २०, श्रीलङ्काका आठ, अमेरिकाका चार, कोरियाका आठ, केन्याका एक र म्यान्माका दुई सैनिक अधिकृतले अत्यन्त कठिन जङ्गल युद्धकलाको तालीम शिक्षालयबाट प्राप्त गरिसकेका छन् ।

विसं २०६७ देखि ती देशका सैनिक अधिकृत यस्तो तालीम लिन शिक्षालयमा आउन शुरु गरेका थिए । विदेशी सेनाका लागि तालीम खुला भएसँगै छिमेकी देशलगायत अन्य देशका सैनिक यहाँ तालीम लिन पहिलो रोजाइमा परेको बताइन्छ ।

यसैगरी सो शिक्षालयबाट नेपाली सेनाका १३ हजार ४३२ अधिकृत क्याडरले हालसम्म तालीम प्राप्त गरेका छन् । पछिल्लो समय सेनाका अधिकृत क्याडरका लागि यहाँस्थित जङ्गल युद्धकला र जोमसोमस्थित उच्च हिमाली युद्धकलामध्ये एक तालीम अनिवार्य गरिएको छ ।

विसं २०३४ मा नेपाली सेनाले यहाँ वारफेयर शाखा स्थापना गरी तालीमको शुभारम्भ गरेको थियो । यसपछि विसं २०५५ मा शाही नेपाली सैनिक जङ्गल शिक्षालय, विसं २०६३ मा सैनिक जङ्गल वारफेयर शिक्षालय, विसं २०६६ मा प्रतिविद्रोह तथा जङ्गल वारफेयर शिक्षालयमा रूपान्तरण भएको थियो ।

बारा, जितपुर नगरपालिका–२१ मा अवस्थित सो शिक्षालय १२३ बिघामा फैलिएको छ । विशेषगरी सैनिक तथा सुरक्षा अङ्गका लागि शिक्षालयले प्रदान गर्ने जङ्गल युद्धकला तालीम विश्वमा उत्कृष्ट तालीमभित्र पर्ने बताइन्छ ।

महासेनानी केसी भन्नुहुन्छ, “विदेशी सैनिकले यहाँ सिकेका ज्ञान, सीप तथा दक्षतालाई आफ्नो देशमा प्रदान गर्दछन् ।” नेपाली सेनाको प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद क्षमतालाई अभिवृद्धि गर्न आवश्यक जनशक्ति उत्पादन गर्ने ध्येयले स्थापित सो शिक्षालयले पछिल्लो समय ती विषयमा गहन विश्लेषण गरी सम्बन्धित निकायमा सुझावसमेत दिने गर्दछ । शिक्षालयले भविष्यमा आइपर्नसक्ने विद्रोह तथा आतङ्कवादसित समान गर्न सक्नेगरी आफ्ना तालीमका पाठ्यक्रमलाई परिमार्जन गर्दै जाने नीतिसमेत लिएको छ ।

साथै शिक्षालयले आवश्यकताअनुसार सुरक्षा निकायका अन्य अङ्गलाई पनि ती विषयमा तालीम प्रदान गर्ने गर्दछ । विगतको द्वन्द्वका समयमा सो शिक्षालयबाट करीब १५० जनाभन्दा बढी प्रहरीले तालीम लिएका थिए ।

तालीमको अवधि कम्तीमा १० हप्ताको रहेको छ । शिक्षालयले जङ्गल युद्धकलाको प्रशिक्षक प्रशिक्षण (टिओटी) पनि उत्पादन गर्दछ । तालीमका विधिअन्तर्गत जङ्गल युद्धकलासम्बन्धी सैद्धान्तिक कक्षा, प्रस्तुतीकरण, कक्षामा अध्ययन गरेका विषयलाई स्थलगतरूपमा व्यावहारिक अभ्यास रहेको महासेनानी केसीले बताए ।

उनले भने, “रिभर क्रसिङ, फाइरिङ, पोक्चरिङ, २० केजी बोकेर रनिङलगायत अभ्यास तालीमका क्रममा अनिवार्य रहेको छ ।” तालीमका अवधिमा ती अभ्यास गर्न शिक्षार्थीलाई अनिवार्य जङ्गलमा छाडिन्छ ।

उनीहरूले जङ्गलमा पाइने कन्दमूल, जडीबुटी खाएर दिन रात बिताउनुपर्छ । कम्तीमा तीन दिन र बढीमा सात दिनसम्म जङ्गलमा बिताउनुपर्छ । तालीमका अवधिमा जङ्गलमा कस्ताकस्ता कन्दमूल, जडीबुटी पाइन्छ, तीमध्ये कुन खाने हुन, पानीको मात्रा कसरी पूरा गर्ने, वन्यजन्तुको आक्रमणबाट कसरी जोगिने, उनीहरूलाई कसरी संरक्षण गर्ने, प्राथमिक उपचार, विपद्का समयमा मानवीय सेवालगायतका विषयमा ज्ञान दिइने शिक्षालयले जनाएको छ ।

पछिल्लो समयमा सेनाको प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद क्षमता अभिवृद्धि गर्न विकसित देशले आफ्नो लगानी वृद्धि गरिरहेको बताइन्छ । अर्कोतर्फ सम्बन्धित देशका भू–राजनीतिक अवस्थाका कारण पनि यस किसिमका तालीमको महत्व विश्वमा दिनप्रतिदिन बढ्दै गएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group