बझाङ २४ पुस । दंगा नियन्त्रण प्रहरी गण बाँकेबाट भदौको तेस्रो साता बझाङ सरुवा भएर आएका डिएसपी प्रविण धिताल जुवाडे तर्साएर कमाउने दाउमा छन । उनले बझाङ आएको एकसाता भित्रै नगद सहित जुवाडे पक्राउ गरे । भाद्र ३० गतेका दिन सदरमुकाम चैनपुरको विच भागमा रहेको माउन्टेन भ्यु होटेलमा जुवा खेल्दै गरेको अवस्थामा ८ जना जुवाडे सहित होटल मालिकलाई प्रहरीले पक्राउ ग¥यो । उनिहरुको साथबाट ४ लाख २५ हजार नगद समेत बरामद गरिएको थियो ।
पक्राउ परेका जुवाडे छुटेको केही दिनमै बाजुरा घर भएका प्रहरी हवल्दार नरबहादुर खड्कालाई सादा पोसाकमा घुमुवाको रुपमा खटाएर उनिहरु सँगै बार्गेनिङ गर्न लगाएको र पहिला भन्दा दोब्बर बढी रकम असुलेर प्रहरी कै संरक्षणमा जुवा धन्दा संचालन गरेको तथ्य सार्वजनिक भएको छ ।
घुमुवा प्रहरी हवल्दार खड्का र डिएसपी धिताल विच भएको कुराकानीका दुईवटा टेलिफोन रेर्कड हामीलाई प्राप्त भएका छन । टेलिफोन रेर्कडमा खड्काले डिएसपी धिताललाई ‘आज गेम बनाउने भन्दैछन के गरौ सर ?’ भनेर सोधेका छन । त्यस समय काठमाण्डौमा रहेका धितालले खड्कालाई सोध्दै भन्छन ‘बजार भित्रै?’, ‘भित्रै भन्नाले यसो छेउछाउमा सर’ खड्का जवाफ फर्काउछन ।
‘अँ हुन्छ’ डिएसपी धिताल भन्छन । फेरी खड्काले तत्कालिन प्रहरी प्रमुख रहेका इन्सपेक्टरले सइको कमाण्डमा प्रहरी परिचालन गर्न लागेको जानकारी आफुलाई आएको खड्काले डिएसपीलाई बताए पछि डिएसपीले बजार बाहिर कतै सुरक्षित स्थानमा लगेर जुवा खेलाउन खड्का लाई निर्देशन दिएका छन । २ मिनेट २८ सेकेन्ड अवधीको यो अडियोमा यस अघि भएका जुवाको खेलमा भएको कमिसनको विषयमा पनि कुरा गरिएका छन । ३ मिनेटको भिडियोमा रेर्कडमा नरबहादुर खड्काले नै स्थानिय होटल व्यवसायीको घरमा जुवा खेलाउने अनुमती मागेका छन ।
डिएसपीले बजारमै त्यसो नगर्न भन्दा खड्काले ‘बजार हैन, छेउमा छ त्यसको लागि म छदैछु’ भने पछि धितालले ‘ल ल हुन्छ’ भन्दै अनुमती दिएका छन । सदरमुकाम चैनपुृरमा प्रहरीकै संरक्षणमा ठुलो रकमको जुवा खेल हुने गरेको कुरा पटक पटक सार्वजनिक हुने गरेको छन । जुवा तासका कारण नै प्रहरी बदनाम हुन थालेको अवस्थामा डिएसपी घितालले उठाएको यो कदमले बाह्रमासे जुवाडेहरुको मनमा सँङ्का उव्जन थालेको छ । यो रेकर्ड पत्रकारहरुको हातमा परेको सुनेपछि डियसपीले पत्रकारहरुलाई पनि टेलिफोनमा मुद्घा लगाउने भन्दै धम्की दिदै आएका छन । प्रहरीले जुवा खेलाए बाफत जुवा खेलाउने घरधनीबाट एक रातमा १० देखी ४० हजार सम्म रकम उठाउने गरेको र त्यसको ५० प्रतिशत रकम रकम उठाउने घुमुवा र वडा प्रहरी कार्यालयका प्रहरीहरुले बाँडेर लैजाने गरेका छन ।
बाँकी रहेको ५० प्रतिशत रकम डिएसपीलाई बुझाउने गरेको प्रहरी श्रोतले बताएको छ । उनले जुवाडेबाटै मासिक ३ देखी ५ लाख सम्म उठाउने गरेको बुझिएको छ । बझाङ आएको ४ महिना नपुग्दै दैनिक जसो जुवा खेलाएर डिएसपी धितालले मात्र १२ लाख भन्दा बढी रकम उठाइसकेको श्रोतको दावी छ । यसरी डियसपी धितालले खुलेयाम प्रहरीको संरक्षणमा नै जुवातास खेलाउन निर्देशन दिएर प्रहरी संगठनको बेज्जत नै गरेका छन । यता डियसपी धिताललाई यसबारे सोध्दा आफुले जुवाडे पक्राउ गर्न योजना बनाउन त्यसो भनेको बताए ।
प्रतिक्रिया दिनुहोस्