ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजार हैन, छेउमा छ त्यसको लागि म छु – बझाङ प्रहरी प्रमुख


एबीसी न्यूज
२४ पुस २०७५, मंगलबार   ६ : २०   बजे

बझाङ २४ पुस ।  दंगा नियन्त्रण प्रहरी गण बाँकेबाट भदौको तेस्रो साता बझाङ सरुवा भएर आएका डिएसपी प्रविण धिताल जुवाडे तर्साएर कमाउने दाउमा छन । उनले बझाङ आएको एकसाता भित्रै नगद सहित जुवाडे पक्राउ गरे । भाद्र ३० गतेका दिन सदरमुकाम चैनपुरको विच भागमा रहेको माउन्टेन भ्यु होटेलमा जुवा खेल्दै गरेको अवस्थामा ८ जना जुवाडे सहित होटल मालिकलाई प्रहरीले पक्राउ ग¥यो । उनिहरुको साथबाट ४ लाख २५ हजार नगद समेत बरामद गरिएको थियो ।

पक्राउ परेका जुवाडे छुटेको केही दिनमै बाजुरा घर भएका प्रहरी हवल्दार नरबहादुर खड्कालाई सादा पोसाकमा घुमुवाको रुपमा खटाएर उनिहरु सँगै बार्गेनिङ गर्न लगाएको र पहिला भन्दा दोब्बर बढी रकम असुलेर प्रहरी कै संरक्षणमा जुवा धन्दा संचालन गरेको तथ्य सार्वजनिक भएको छ ।

घुमुवा प्रहरी हवल्दार खड्का र डिएसपी धिताल विच भएको कुराकानीका दुईवटा टेलिफोन रेर्कड हामीलाई प्राप्त भएका छन । टेलिफोन रेर्कडमा खड्काले डिएसपी धिताललाई ‘आज गेम बनाउने भन्दैछन के गरौ सर ?’ भनेर सोधेका छन । त्यस समय काठमाण्डौमा रहेका धितालले खड्कालाई सोध्दै भन्छन ‘बजार भित्रै?’, ‘भित्रै भन्नाले यसो छेउछाउमा सर’ खड्का जवाफ फर्काउछन ।

‘अँ हुन्छ’ डिएसपी धिताल भन्छन । फेरी खड्काले तत्कालिन प्रहरी प्रमुख रहेका इन्सपेक्टरले सइको कमाण्डमा प्रहरी परिचालन गर्न लागेको जानकारी आफुलाई आएको खड्काले डिएसपीलाई बताए पछि डिएसपीले बजार बाहिर कतै सुरक्षित स्थानमा लगेर जुवा खेलाउन खड्का लाई निर्देशन दिएका छन । २ मिनेट २८ सेकेन्ड अवधीको यो अडियोमा यस अघि भएका जुवाको खेलमा भएको कमिसनको विषयमा पनि कुरा गरिएका छन ।  ३ मिनेटको भिडियोमा रेर्कडमा नरबहादुर खड्काले नै स्थानिय होटल व्यवसायीको घरमा जुवा खेलाउने अनुमती मागेका छन ।

डिएसपीले बजारमै त्यसो नगर्न भन्दा खड्काले ‘बजार हैन, छेउमा छ त्यसको लागि म छदैछु’ भने पछि धितालले ‘ल ल हुन्छ’ भन्दै अनुमती दिएका छन । सदरमुकाम चैनपुृरमा प्रहरीकै संरक्षणमा ठुलो रकमको जुवा खेल हुने गरेको कुरा पटक पटक सार्वजनिक हुने गरेको छन । जुवा तासका कारण नै प्रहरी बदनाम हुन थालेको अवस्थामा डिएसपी घितालले उठाएको यो कदमले बाह्रमासे जुवाडेहरुको मनमा सँङ्का उव्जन थालेको छ । यो रेकर्ड पत्रकारहरुको हातमा परेको सुनेपछि डियसपीले पत्रकारहरुलाई पनि टेलिफोनमा मुद्घा लगाउने भन्दै धम्की दिदै आएका छन । प्रहरीले जुवा खेलाए बाफत जुवा खेलाउने घरधनीबाट एक रातमा १० देखी ४० हजार सम्म रकम उठाउने गरेको र त्यसको ५० प्रतिशत रकम रकम उठाउने घुमुवा र वडा प्रहरी कार्यालयका प्रहरीहरुले बाँडेर लैजाने गरेका छन ।

बाँकी रहेको ५० प्रतिशत रकम डिएसपीलाई बुझाउने गरेको प्रहरी श्रोतले बताएको छ । उनले जुवाडेबाटै मासिक ३ देखी ५ लाख सम्म उठाउने गरेको बुझिएको छ । बझाङ आएको ४ महिना नपुग्दै दैनिक जसो जुवा खेलाएर डिएसपी धितालले मात्र १२ लाख भन्दा बढी रकम उठाइसकेको श्रोतको दावी छ । यसरी डियसपी धितालले खुलेयाम प्रहरीको संरक्षणमा नै जुवातास खेलाउन निर्देशन दिएर प्रहरी संगठनको बेज्जत नै गरेका छन । यता डियसपी धिताललाई यसबारे सोध्दा आफुले जुवाडे पक्राउ गर्न योजना बनाउन त्यसो भनेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group