भक्तपुर, २५ पुस । सूर्यबिनायक नगरपालिका ८ जगातीमा प्रहरीलाई घुस दिन खोजेको अवस्थामा एक व्यतिmलाई पक्राउ गरेको छ ।
काठमाडौं नेपालटार बस्ने नुवाकोट पन्चकन्या गाउँपालिका ४ घर भएका २५ वर्षीय सूर्यबहादुर तामाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
बनेपाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ८२१५ नम्बरको टिपरजाँच गर्ने क्रममा टिपरका सहचालक तामाङलाई घुस दिन खोजेको ५० रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्