ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जडीबुटीको व्यवसायीकरण आवश्यक : मन्त्री बस्नेत


admin
२५ पुस २०७५, बुधबार   ७ : ३७   बजे

काठमाडौं,२५ पुस । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले स्थानीय जनताको जीवनस्तर उठाउन जडीबुटीको व्यवसायीकरण आवश्यक रहेको बताउनुभएको छ ।

वनस्पति विभागद्वारा आज यहाँ आयोजित ‘कर्णाली प्रदेशमा जडीबुटी क्षेत्र निर्धारण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले जडीबुटीको व्यवसायीकरणबाटै रोजगारी सिर्जना तथा आयआर्जनमा वृद्धि, गरीबी निवारण र मुलुकको समृद्धि हासिल गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

मन्त्री बस्नेतले भन्नुभयो, “नेपालमा जडीबुटी ठूलो सम्भावना भएको क्षेत्र हो, जडीबुटीको उत्पादन बिक्रीका लागि दुई ठूला छिमेकी र अन्तर्राष्ट्रियस्तरमा ठूलो बजार छ ।” जडीबुटीको क्षेत्रमा थप अनुसन्धान र स्थानीय जनतामा पनि सचेतनाको आवश्यकता रहेको उहाँको भनाइ थियो ।

विभागले बजारको मागको स्थिति पहिल्याएर जडीबुटीको निरन्तर आपूर्तिका लागि खेती वा वनजङ्गलबाट तथा दुबैबाट आपूर्तिको व्यवस्था मिलाउन कर्णाली प्रदेशमा जडीबुटी क्षेत्र निर्धारणको प्रस्ताव तयार गरेको हो । विभिन्न अध्ययनका आधारमा सो क्षेत्रमा अतिस, कुट्की, जटामसी, टिमुर र काउलो प्रजातिका जडीबुटी छनोट गरी खेती हुने सम्भावित स्थानको समेत निर्धारण गरिएको छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने हिमाल र हिमाली जडीबुटीलाई ब्राण्डिङ गर्नुपर्ने बताउँदै यस क्षेत्रमा हालसम्म भएका अध्ययन र नीतिलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले जडीबुटी क्षेत्रको व्यावसायिकताका लागि जनशक्ति र संरचनागत विकासको आवश्यकता रहेको बताउनुभयो । विभागका महानिर्देशक सञ्जीवकुमार राईले जडीबुटीको धेरै उत्पादन भएको क्षेत्र भएकाले पहिलो चरणमा नमूना परियोजनाका रुपमा कर्णाली प्रदेशमा कार्यक्रम अघि बढाइएकोे र यसपछि क्रमशः सबै प्रदेशमा परियोजना अघि बढाइने जानकारी दिनुभयो ।

कार्यक्रममा उपमहानिर्देशक मोहनदेव जोशीले कर्णाली प्रदेशमा जडीबुटी क्षेत्र निर्धारणसम्बन्धी, जडीबुटी विज्ञ डा भीष्म सुवेदीले नेपालमा जडीबुटीमा आधारित उद्यमशीलताको अवस्था र अर्का विज्ञ दीपेश प्याकुरेलले जडीबुटी व्यापारको विद्यमान अवस्थाका बारेमा प्रस्तुति दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group