मेलम्ची, २५ पुस । इलाका प्रहरी कार्यालयले आज तीन हजार ६०० क्युबिक फिट अवैध काठ बरामद गरेको छ ।
काठमाडौँ लैजान लागिएको अवस्थामा बा५ख ८५११, बा४ख ८२६९ र बा५ख ३१३२ नं को गाडीबाट प्रहरीको गस्ती टोलीले मेलम्ची नगरपालिका–२ निबुवा गाउँबाट उतिस जातको गोलाइ काठ बरामद गरेको हो ।
सो काठलाई वन कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो । गाउँगाउँमा काठ मिल खुलेसँगै अवैधरुपमा काठ कटानी हुँदै आएको यसअघि पनि उजुरी पर्ने गरेको छ ।
सामुदायिक वनसँगको मिलेमतोमा काठ काठमाडौँ पठाउने गरिएको जनगुनासो आउने गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्