ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललितपुर महानगरपालिकामा प्रबलीकरण शुरु भएन


admin
२६ पुस २०७५, बिहिबार   २ : १४   बजे

ललितपुर, २६ पुस । जिल्लामा सबैभन्दा बढी प्रबलीकरणका लाभग्राही रहेको ललितपुर महानगरपालिकामा प्रवलीकरणको काम शुरु हुन सकेको छैन ।

अहिलेसम्म प्रबलीकरणसकेर दोस्रो किस्ता वापतको रकम लिनेको सङ्ख्या महानगरमा शून्य रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गतको जिल्ला अनुदान कार्यान्वयन एकाइले जनाएको छ ।
प्रबलीकरणका विषयमा भूकम्प प्रभावित मात्रै होइन, प्राविधिक र स्थानीय तह प्रष्ट हुन नसक्दा काम अघि बढ्न नसकेको महानगरपालिकाका वरिष्ठ इञ्जिनीयर हरीशचन्द्र लामिछानेले बताउनुभयो । अधिकांश लाभग्राहीले यसलाई सामान्य मर्मतका रुपमा लिएका छन् ।

अहिले पनि कतिपय लाभग्राही प्रवलीकरणबाट पुनःनिर्माणमा त कतिपय पुनःनिर्माणबाट प्रबलीकरणमा जान चाहेका छन् । उहाँले भन्नुभयो, “प्रबलीकरणबाट सजिलै पुनःनिर्माणमा जान सकिए पनि पुनःनिर्माणबाट त्यसमा जान गाह्रो भएको महानगरवासीले बताएका छन् ।”

प्राधिकरणले पहिले स्थानीय तहलाई सो विषयमा प्रष्ट पार्नुपर्नेमा उहाँको जोड छ । स्थानीय तह आफैँले पहिले बुझ्दा मात्रै महानगरवासीलाई प्रवलीकरणका लागि कतिसम्म गर्नुपर्छ भन्ने बुझाउन सक्छ ।

उहाँले भन्नुभयो, “अहिले धेरैले अलिअलि टालटुल गरेपछि अनुदान रकम पाइन्छ भन्ने नै बुझिरहेका छन् ।” प्रवलीकरणमा झण्डै आधा लाभग्राहीसँग अनुदान सम्झौता हुन बाँकी रहेको एकाइले जनाएको छ ।

त्यसमा अहिलेसम्म एक हजार ३८१ लाभग्राही रहेकामा ४६३ लाभग्राहीसँग अनुदान सम्झौता भइसकेको छ । तीमध्ये ४१५ ले मात्रै पहिलो किस्तावापतको रकम पाएका छन् । महानगरपालिका पुनःनिर्माणमा पनि जिल्लाका अरु स्थानीय तहभन्दा पछाडि छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu