ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षाका कर्मचारीलाई विभेद गरियो


admin
२६ पुस २०७५, बिहिबार   ७ : ५३   बजे

काठमाडौं,२६ पुस । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका कर्मचारीले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्दा आफूहरुलाई विभेद गरिएको आरोप लगाएका छन् ।

आज मन्त्रालयमा आयोजित ‘कर्मचारी समायोजन प्रक्रिया शिक्षा सेवाका जटिलता’ विषयक अन्तरक्रियामा उनीहरुले आफूहरुलाई विभेद गरी कर्मचारी समायोजन गरिएको बताएका छन् ।

मन्त्रालयका उपसचिव गेहनाथ गौतमले कर्मचारी समायोजनदेखि सङ्गठन संरचना पनि अवैज्ञानिक रहेको बताउनुभयो । उहाँले समायोजनमा जाँदा शिक्षा सेवाका कर्मचारीको वृत्तिविकास, सेवा सर्त र सरुवा बढुवाको सुनिश्चिता नगरिएको गुनासो गर्नुभयो । उहाँले समायोजनमा शिक्षाका कर्मचारीको दरबन्दी कम गरिएकाले बढुवामा समस्या पर्ने भएकाले कम भएका दरबन्दी बढाउनुपर्ने बताउनुभयो । उहाँका अनुसार नयाँ सङ्गठन संरचनाअनुसार सहसचिव २६ र उपसचिव ४७४ व्यवस्था गरिएको छ ।

मन्त्रालयका उपसचिव कुलबहादुर फडेराले सङ्घबाट प्रदेश र स्थानीय तहमा समायोजन भएर जानेलाई पछि सङ्घमा आउने खुला वातावरण हुनुपर्ने माग राख्नुभयो । उपसचिव चन्द्रप्रसाद लुइँटेलले शिक्षा सेवाबाट स्थानीय तहमा गएका उपसचिव आफूभन्दा कनिष्ट कर्मचारीको अधीनमा रहेर काम गर्न नसकिने बताउनुभयो । उहाँले शिक्षा सेवाका कर्मचारीलाई छुट्टै शिक्षाको कार्यालय स्थापना गरी स्थानीय तहमा खटाउनुपर्ने बताउनुभयो ।

सचिव खगराज बरालले समायोजनमा नसमेटिएका बुँदालाई नयाँ बन्न थालिएको सङ्घीय निजामती सेवा ऐनमा समेटिने बताउनुभयो । “कर्मचारी समायोजन अध्यादेश–२०७५ हतारमा ल्याएकाले यसमा हामीले पनि शिक्षा सेवाका कर्मचारीका विषयलाई समेट्न सकेनौँ,” उहाँले भन्नुभयो, “निजामती ऐन संसद्मा छलफल गरेर ल्याइने भएकाले छुटको विषयलाई समेट्छौँ ।” उहाँले निजामती सेवा ऐन आएपछि मात्र कर्मचारी समायोजन गर्नुपर्ने भन्दै अहिले नै समायोजन गर्दा कुन सेवाको कुन पद कति रहन्छ भन्ने अन्योल भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu