ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अवकाश प्राप्त प्रहरीलाई साथमा लिई काम गर्न संगठनलाई सुझाव


admin
२६ पुस २०७५, बिहिबार   ८ : २२   बजे

काठमाडौं,२६ पुस । अवकास प्राप्त प्रहरी कर्मचारीहरुलाई पनि साथमा लिई काम गर्न सकेमात्र प्रहरी संगठनले अपेक्षित सफलता हासिल गर्न सक्ने अवकास प्राप्त प्रहरी कर्मचारीहले बताएका छन् ।

टोखा नगरपालिका ५ मजकुर कार्यालयको वडा एरियामा बसोबास गर्ने पूर्वप्रहरी कर्मचारीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनीहरुले उक्त कुरा बताएका हुन् ।

प्रहरी संगठनले अवकासप्राप्त प्रहरीको अनुभवलाई समेत सदुपयोग गर्नेतर्फ ध्यान दिइनुपर्ने, उनीहरुको ज्ञान सिपलाई भेट्रान वारको रुपमा लिई शान्ति सुरक्षालाई अगाडी बढाउनुपर्ने बिषयमा सधै चनाखो हुनु पर्नेमा उनीहरुले जोड दिएका छन् ।

प्रहरी संगठनमा ९० प्रतिशतभन्दा बढी तल्लो तहका प्रहरी कर्मचारी रहेको बताउँदै तल्लो तहका प्रहरी कर्मचारीलाई नै बढी तालिमको व्यवस्था गरी प्रहरीलाई बिशिष्टिकरण गर्दै अघि बढ्नुपर्ने उनीहरुको सुझाव छ ।

कार्यक्रममा अवकाशप्राप्त प्रहरी अधिकृतहरु प्रहरी नायब महानिरिक्षक केश बहादुर शाही, प्रहरी नाायव महानिरीक्षक हिम बहादुर गुरुङ, प्रहरी बरिष्ठ उपरीक्षक बसन्त राज कुवर, प्रहरी बरिष्ठ उपरीक्षक चुडा बहादुर श्रेष्ठ र प्रहरी उपरीक्षक गिता उप्रेती लगायतले आआफ्‍नो धारणा राखेका थिए ।

कार्यक्रममा आएका सुझावलाई आफ्नो मार्ग दर्शकको रुपमा लिई अघि बढ्ने मजकुर कार्यालयका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बसन्त कुमार लामाले प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group