ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महोत्सव पैसा आर्जन गर्ने माध्यम बन्नु हुँदैन : मन्त्री गुरुङ


admin
२६ पुस २०७५, बिहिबार   ८ : २९   बजे

दमौली, २६ पुस । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पैसा आर्जन गर्नका लागि मात्रै मेला महोत्सव आयोजना गर्न नहुनेमा जोड दिनुभएको छ ।

नेपाल आदिवासी जनजाति महासङ्घ शुक्लागण्डकीको आयोजनामा आजदेखि खैरेनीटारमा शुरु प्रथम जनजाति सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले जिल्लामा आयोजना हुने गरेका मेला महोत्सवबाट आर्जन भएको रकम सही ठाउँमा परिचालन नभएको गुनासो आउने गरेको बताउँदै भन्नुभयो, “पैसा कमाउनका लागि मात्रै महोत्सव गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ ।”

उहाँले आदिवासी जनजातिको सङ्ग्रहालय स्थापना हुन सके यो जातिको बारेमा धेरैले बुझ्न र अध्ययन गर्न सक्छन् भन्दै संस्कृतिलाई उत्पादनसँग जोड्न आवश्यक रहेकामा जोड दिनुभयो ।

नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष जगत बरामले आदिवासी जनजातिको अधिकार स्थापित गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

महोत्सव मूल समारोह समितिका संयोजक विमल जिसीले आदिवासी जनजाति सङ्ग्रहालय निर्माण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको जानकारी दिनुभयो ।

माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा १०० कक्ष छन् । महोत्सवमा आउने दर्शकलाई आकर्षण गर्न रोटे पिङ र काठे पिङको समेत व्यवस्था गरिएको छ । महोत्सवमा छेलो हान्ने, डोरी तान्ने र भलिबल प्रतियोगितासमेत हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu