विराटनगर ,२७ पुस । मोबाइलको ब्याट्री पड्किंदा एक बालकको मृत्यु भएको छ भने, छ वर्षिया बालीका घाइते भएकी छन ।
विराटनगर महानगरपालिका -१५ रामजानकी चोकमा शुक्रबार दिउँसो आगो ताप्ने क्रममा व्याट्री बिस्फोट हुँदा स्थानीय सुवास मण्डलका ७ वर्षीय छोरा अमित मण्डलको मृत्यु भएको हो ।
घाइते हुनेमा स्थानीय राजेश मण्डलकी ६ वर्षीया छोरी राधिकाकुमारी मण्डल रहेकी छन । बालीकाको विराटनगर आँखा अस्पतालमा उपचार भइरहेको छ ।
निर्माणाधीन घरमा आगो बाली खेल्ने क्रममा बिस्फोट हुँदा घाइते भएका बालकको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्