ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अबको युग निर्माण र सृजनाको युग हो : सभापति रावल


admin
२७ पुस २०७५, शुक्रबार   ३ : ४५   बजे

चितवन, २७ पुस । राष्ट्रिय सभा अन्तरगतको राष्ट्रिय सरोकार समन्वय समितिकी सभापति दिलकुमारी रावल (पार्वती)ले अबको युग निर्माण र सृजनाको युग भएको भन्दै नयाँ ढगंले अगाडी बढ्नुपर्ने बताएकी छिन् ।

नयाँ परिकल्पना गरेर अगाडी बढ्नुपर्छ उनले भनिन् । हामी सबैको मिहिनेत र योगदानले आएको यो युगलाई सृजनशीलता ईमान्दारीता देखाई सहकार्य र साझेदारी गरि अगाडी बढ्नुपर्छ ।

जिल्ला समन्वय समिति चितवनको गत आ.ब २०७४-७५ चालु.व. २०७५-७६ को प्रथम चौमासिक प्रगति समिक्षा कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताईन् । सभापति रावलले विकासको लक्ष्य हासिल गर्न तथा सुशासन कायम गर्न कडा अनुगमन हुनु अनिवार्य रहेको टिप्पणी गरिन् ।

साथै उनले पहुँच भएको ठाउँमा मात्र हुने विकास अन्त्य भएको भन्दै समान रुप र आवश्यकता अनुसार विकास हुने निति सरकारले अगाडी सारेको स्पष्ट पारिन् ।

विकास लागि आवश्यक अत्याधुनिक प्रविधिका प्रयोगलाई बढाउँदै लैजानुपर्नेमा सभापति रावलले जोड दिईन् । उनले स्थानिय निकायहरुले अपेक्षित गती अझै लिन नसकेको भन्दै त्यसलाई सुधार गर्न निर्देशन दिईन् ।

सरकारले सञ्चालन गर्ने सम्पूर्ण आयोजनाहरुलाई समयमा नै सम्पन्न गराउनका लागि अनुगमन गरिने बताएकी छिन् ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति चितवनका सभापति कृष्णकुमार डल्लाकोटीले जिल्लाको समान विकास लागि जिसस तत्पर रहेको भन्दै जिससको नेपाल सरकारबाट स्वकृति भई आएको जिसस मौज्दात कोष सञ्चालन निर्देशीका २०७५ का बारे विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा जिसस चितवनका जिल्ला समन्वय अधिकारी रामराज सुवेदीले कार्यक्रम आयोजनको औचित्य र उद्देश्य बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा जिसस उपप्रमुख मुना कुमारी श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् । भने पूर्वधार विकास कार्यालय चितवनका प्रमुख पुष्करप्रसाद पोख्रेरलले

कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदन हेर्दा जिल्लाका नगरहरु स्मार्ट सिटिको अवधारण राखे पनि आफै स्मार्ट हुने नसकेको चितवन उद्योग संघ चितवनका बरिष्ठ उपाध्यक्ष राजु पौडेलले औल्याए ।

कार्यक्रममा गरिएको प्रस्तुती हेर्दा चितवनको विकास मध्यस्तरको देखाईएको छ । सबैभन्दा धेरै भरतपुर महानगर र कालिका नगरपालिका बाटो निर्माणको काम भएको छ । भने विविध खालका समस्याले यथावत रहेको छ । भने भौतिक र वित्तिय प्रगति भने सन्तोषजनक रहेको दावी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu