काठमाडौं, २७ पुस । प्रहरीले प्रतिबन्धित लागू औषध डाईजे ल्याब, नोफिनसहित एक जनालाई पक्राउ गरेको छ ।
२७ सय थान लागू औषध डाईजे ल्याब, नोफिनसहित बर्दियाका ३२ वर्षीय लालबहादुर राना काठमाडौंको बल्खुबाट बिहीबार दिउँसो २ बजे पक्राउ परेका हुन ।
उनले उपत्यका बाहिरबाट सो लागू औषध काठमााडौं ल्याई विक्री गर्नेक्रममा पक्राउ गरी कार्वाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनु भयो ।
प्रहरीले उनको साथबाट हजार दरको नोट ३० थान तथा भिभो लेखिएको मोबाईल एक थान पनि बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस्