ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठेउलाको प्रकोपबाट विद्यालय बन्द


admin
२७ पुस २०७५, शुक्रबार   ६ : १५   बजे

चौतारा, २७ पुस । सिन्धुपाल्चोकको चौतारा साँगाचोक नगरपालिका–१४ स्थित डडुवा भवानी शङ्कर माविका छात्रछात्रा ठेउला रोगबाट ग्रसित भएपछि पाँच दिनको लागि विद्यालय बन्द गरिएको छ ।

गत मङ्गलबार चार विद्यार्थीमा देखा परेको सो रोगले हाल दुई दर्जन बढी छात्रछात्रा बिरामी परेकाले चिकित्सकको सल्लाहअनुसार सङ्क्रमण हुन नदिन आगामी माघ २ गतेसम्म विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक बद्री नेपालले जानकारी दिनुभयो ।

शुरुमा सामान्य ज्वर आउने, शरीरमा बिबिरा देखा पर्ने लक्षण रहेको सरुवा रोग भएकाले सङ्क्रमण हुन नदिन चिकित्सकका सुझावअनुसार व्यवस्थापन समिति, जनप्रतिनिधि र अभिभावकको भेलाले आजदेखि विद्यालय बन्द गरिएको प्रअ नेपालले बताउनुभयो ।

विद्यालयमा रोग फैलिएको जानकारी पाएपछि विश्व स्वास्थ्य सङ्गठनका डा सागर शाक्यसहितको टोलीले निरीक्षण गरी महामारीको रुप लिन नपाओस् भन्ने उद्देश्यले औषधि वितरण गर्नुका साथै विद्यालय बन्द गर्न सल्लाह दिएको नगरपालिकाका स्वास्थ्य संयोजक शिव पुरीले बताउनुभयो । हाल सो विद्यालयमा ३२६ विद्यार्थी अध्यनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group