काठमाडौं,२७ पुस । महानगरीय प्रहरी वृत महाराजगंजको संयुक्त टोलीले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
शिक्षण अस्पतालका डाईरेक्टर प्रेम खड्का ,महानगरीय प्रहरी बृत महाराजगंज कार्यालयका कार्यालय प्रमुख प्रहरी ना.उ. फणिन्द्र प्रसाई ,सामुदायिक सेवा केन्द्र बांसबारीका अध्यक्ष रमेस कुमार खड्का , सामुदायिक सेवा केन्द्र गोंगबुका अध्यक्ष राकेश सिंह , हिमालयन वातावरण संरक्षण प्रा.लि.का भुपाल आचार्य लगाएतको टोलीले सरसफाइ सम्पन्न गरेको हो ।
सरसफाई कार्यक्रममा बोल्दै अस्पतालका डाइरेक्टर प्रेम खड्का, प्र.ना.उ. प्रसाई , हिमालयन वातावरण संरक्षण प्रा.लि.का भुपाल आचार्य लगायतले आगामी दिनमा सबैको सहकार्यमा यस्ता थप कार्यक्रमहरु गर्दै लैजाने र यस्ता कार्यक्रमले समुदाय र प्रहरीको बीचको सम्बन्धलाई प्रगाढ बनाउनका साथै वातावरण संरक्षण गरि आगामी दिनमा फोहोरलाई शुन्यमा झार्ने लक्ष्य लिएको धारणा व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्