काठमाडौं,२७ पुस । पत्रकार एवं नेपाल खेलकूद पत्रकार मञ्चका पूर्वअध्यक्ष निरञ्जन राजवंशीलाई मातृशोक परेको छ ।
विगत ६ महीनादेखि मिर्गाैलाकोे उपचार गराइरहनुभएकी उहाँकी ७४ वर्षीया आमा राधा राजवंशीको आज उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो ।
स्वर्गीय राजवंशीका दुई छोरा र चार छोरी छन् । आजै उहाँको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो । यसैबीच, मञ्चले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै पत्रकार राजवंशीका शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्