धम्बोझी, २७ पुस । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जिल्लामा पर्यटन, संस्कृति र कृषिको विकासका लागि योजना अघि बढाउन व्यापारीहरुलाई आग्रह गर्नुभएको छ ।
बर्दियाको माघी महोत्सवको आज बाँसगढीमा उद्घाटन गर्दै उहाँले जिल्लाको विशेषता, मौलिकता र सम्भावनाको उजागर गर्दै क्षेत्रीय, राष्ट्रिय एवम् अन्तरराष्ट्रिय क्षेत्रमा जिल्लाको व्यापक प्रचारप्रसार र पहिचान गराउन सुझाव दिनुभयो ।
जिल्लाको आर्थिक तथा सामाजिक विकासमा टेवा पु¥याउने उद्देश्यले प्रत्येक वर्ष उद्योग वाणिज्य सङ्घले महोत्सव आयोजना गर्दैआएको सङ्घका अध्यक्ष रामसिंह थारुले जानकारी दिनुभयो ।
बर्दियामा पाटेबाघ, कृष्णसार, एकसिँगे गैडा, हात्ती, जरायो, डोल्फिन, गोही, कोठियाघाटको लामो पुल, ठाकुरद्वारा मन्दिर, सत्खोलुवा – बढैया–तारा– दानुवाताल, केदारेश्वर धामलगायत छन् ।
मुलुकको दुर्लभ जनावर कृष्णसार गुलरियाको खैरापुरमा अवलोकन गर्न पाइन्छ । महोत्सवमा आदिवासी तथा जनजातिको रहनसहन र संस्कृतिको प्रदर्शनी, ख्यातिप्राप्त स्थानीय र राष्ट्रिय कलाकारको प्रस्तुति, खाद्य उत्सव, बालोद्यान आदि छन् ।
प्रतिक्रिया दिनुहोस्