ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माथिल्लो कर्णाली जलविद्युत् आयोजना सरकारले निर्माण गर्नुपर्ने माग


admin
२७ पुस २०७५, शुक्रबार   ८ : २१   बजे

कञ्चनपुर, २७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशको बैठकले माथिल्लो कर्णाली जलविद्युत् आयोजना सरकार स्वयंले निर्माण गर्नुपर्ने माग राखेको छ ।

पार्टी एकीकरणपछि पहिलो पटक बसेको सो बैठकले सार्वजनिक महत्वका आठ विशेष प्रस्ताव पारित गर्दै माथिल्लो कर्णालीमा जिएमआर कम्पनीलाई निरन्तरता दिन नहुने निर्णय गरेको हो ।

प्रदेश अध्यक्ष कर्ण थापाका अनुसार बैठकले पश्चिम सेतीको काम तत्काल अगाडि बढाउन समेत माग गरेको छ ।
प्र

देश कमिटीका सदस्यलाई शपथसमेत गराइएको सो बैठकमा प्रदेश इञ्चार्ज तथा स्थायी समिति सदस्य भीमबहादुर रावल र स्थायी समिति सदस्य लेखराज भट्टले जनअपेक्षानुरुप पार्टीले तल्लो तहसम्म भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।

बैठकले सुदूरपश्चिम प्रदेश ऐतिहासिक रुपमा शोषणमा परेको तथ्यलाई स्मरण गराउंदै साधन, स्रोत र अवसरमा पहुँचका लागि केन्द्र सरकारसँग विशेष व्यवस्था गर्न माग गरेको छ ।

“बैठकले अन्तर्राष्ट्रिय व्यापार, पर्यटन तथा संस्कृतिको केन्द्र बन्ने सम्भावना रहेको सुदूरपश्चिम प्रदेशलाई चीन र भारतसँग जोड्ने अन्तर्राष्ट्रिय नाका तथा उत्तरी सीमातर्फका सम्भावित नाका खोल्ने एवं स्तरोन्नति गर्ने कार्य तदारुकताका साथ अघि बढाउन माग गर्ने निर्णय गरेको छ”, अध्यक्ष थापाले भन्नुभयो ।

उहाँका अनुसार प्रदेशको दक्षिणतर्फ भारतसँग जोडिएको सीमा क्षेत्रको उचित व्यवस्थापन हुन नसक्दा सीमा क्षेत्रका जनता सधैें त्रासमा रहनुपर्र्नेे अवस्था विद्यमान रहेकाले सङ्घ तथा प्रदेश सरकारबाट एउटा समय सीमा तोकी व्यवस्थित र वैज्ञानिक बनाउन विशेष कार्यक्रम सञ्चालन गरिनुपर्ने बैठकले निर्णय गरेको छ ।

यसैगरी गरीब, सीमान्तकृत, मजदूर, सुकुम्बासी किसानलगायत जनताका लागि विशेषाधिकारको नीति अबलम्बन गर्न र महिलामाथि हिंसा अन्त्य गर्न स्थानीय तह लक्षित हुने गरी ‘महिला हिंसाविरुद्ध प्रादेशिक अभियान’ तथा सबै तहमा कानुनी साक्षरतासहितको न्यायिक संरचना स्थापनाका लागि माग गरिएको छ ।

विशेष प्रस्ताव पारितसँगै बैठकले आगामी माघ २० गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा अगुवा कार्यकर्ता भेलागर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu