काठमाडौँ, २९ पुस । विश्व सम्पदामा सूचिकृत सनातन इस्टदेवता गुठी (मरुजोशी) को शुुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । गार्डेन ध्वज जोशीको अध्यक्षतामा शनिवार मरुटोल काठमाडौंमा उक्त कार्यक्रम भएको थियो ।
उक्त कार्यक्रममा विभिन्न दिक्षित ब्यक्तिहरुलाई सम्मान तथा गुठिलाई विशेष योगदान पु¥याउने पूर्व व्यक्तिहरुलाई मरोणपरान्त सम्मान गरिएको थियो ।
कार्यक्रममा अक्षयकोष खडा गर्ने ब्यक्ति तथा वंशबृक्ष तयार गर्ने र अध्यावधी गर्नेलाई समेत प्रंशसापत्र वितरण गरिएको थियो ।
शुुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा २०७४ सालको एसईई परिक्षामा उच्च अंक ल्याउने मरुजोशी गुठि परिवारका छात्रछत्रालाई सम्मान तथा प्रशंसापत्र वितरण गरियो ।
उच्चतम अंक हासिल गर्ने एसईई तर्फ छात्र आयूस ध्वज जोशी, छात्रा तर्फ अशिम्सा जोशीलाई प्रदान गरियो साथै प्लस टुमा उच्चतम अंक ल्याउने श्रृष्टी जोशीलाई समान तथा प्रंशसा पत्र प्रदान गरियोको थियो । यस कार्यक्रममा सम्पुर्ण जोशी परिवारको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्