ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिक सुनुवाई कार्यक्रम सम्पन्न


एबीसी न्यूज
२९ पुस २०७५, आइतबार   १२ : ११   बजे

काठमाडौं , २९   पुस। महानगरीय प्रहरी वृत, महाराजगञ्ज र टोखा नगरपालिका वडा नम्बर ५ को संयुक्त आयोजनामा समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

वडा–५ को कार्यालय भवनमा आयोजित कार्यक्रममा टोखा नगरपालिकाका सबै वडाका वडाध्यक्षहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, स्थानीय बुद्विजिवी तथा व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रममा डिएसपी फणिन्द्र प्रसाईंले आर्थिक वर्षमा प्रहरी वृत, महाराजगञ्जले गरेका काम कारबाहीहरु श्रब्यदृश्य विधिबाट प्रस्तुत गरेका थिए । उनले भने, ‘समुदायकै अगुवाईमा समाजलाई शान्त र सुरक्षित बनाउन आफू सदैव अग्रसर छु ।’

टोखा एरियामा सिसिटिभि राखिनुपर्ने स्थानहरुको पहिचान गरि सिसिटिभिको संख्यामा थप गरि निगरानी बढाइने उनले बताए ।

डिएसपी प्रसाईंले भने, ‘सुरक्षित समाजका निमित्त समुदायबाट आफुले सामुदायिक गस्तिमा प्रहरीसँग समुदायको सहकार्य, घटनाको समयमै जानकारी, मदिराजन्य पदार्थको बिक्री वितरणमा निश्चित एरिया तोकिनुपर्ने र सडक अतिक्रमणमा रोक लगाउन समुदायको सहयोग उल्लेखनीय रहनेछ ।’

कार्यक्रममा पूर्वसिडिओ मोहन चापागाईले अपराधका सम्बन्धमा प्रहरी र समुदाय दुवैले ‘क्विक अपरेशन’ गर्नुपर्ने र त्यसमा प्रहरीको बढि सक्रियता रहनुपर्ने बताए ।

सुरक्षित समाजका निमित्त सिसिटिभि जडान गर्ने दिशामा समेत सबैले चासो दिनुपर्ने र मदिरा नियन्त्रण गर्ने सवालमा आवश्यक योजना बनाई अभियान नै चलाउनुपर्ने उनको भनाई थियो ।

यस्तै पतञ्जली योग समिति नेपाल प्रदेश नं। ३ कि सुधा कलौनीले समुदाय प्रहरी साझेदारी अन्र्तगत गरिएको विद्यालय सम्पर्क कार्यक्रम अत्यन्तै सराहनीय र अन्य कार्यक्रमभन्दा पृथक रहेको बताइन् ।

कार्यक्रमका सभापति टोखा नगरपालिका वडा नं। ५ का अध्यक्ष जगनाथ सुरक्षित समाजको जिम्मेवारी प्रहरीको मात्रै नभई सबै आम नागरिकको पनि रहने बताए । समुदाय र प्रहरीसँगको सहकार्यमा काम गर्दै आइरहेको शान्त र सुरक्षित समाजका निमित्त प्रहरी र स्थानीय पदाधिकारीले मात्रै गरेर नहुने हुँदा सो बिषयमा आम नागरिक पनि त्यतिकै सजक रहनुपर्ने उनको भनाई रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group