चितवन, २९ पुस । भरतपुर महानगरपालिका-१३ बस्ने अन्दाजी ३३ वर्षीय विष्णु बोटेको सोही स्थानमा रहेको राप्ती नदीमा शनिबार दिउसो डुबेर मृत्यु भएको छ ।
उनी लगायत अन्य ४र५ जना पिकनिक खान गएको अवस्थामा विष्णुले पौडी खेल्न भनि नदीमा गएकोमा धेरै समय सम्म नआएकोले खोजी गर्ने क्रममा नदीको किनारामा उनको शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्