ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रियुगा सहकारीको ६८ करोड कारोवार


admin
२९ पुस २०७५, आइतबार   ३ : ५७   बजे

सप्तरी, २९ पुस । किसानको जीवनस्तर उकास्ने उद्देश्यले स्थापित त्रियुगा सहकारी संस्थाले आर्थिक वर्ष २०७४-७५ मा रु ६८ करोड २४ लाख ८५ हजारको आर्थिक कारोवार गरेको छ ।

जिल्लाको फतेपुर, ओद्राहा, कमलपुर, पिप्रा पूर्व, कञ्चनरुप, जगतपुर र धर्मपुरलाई कार्यक्षेत्र बनाई विसं २०३३ मा स्थापित संस्थाको आज भएको १७औँ वार्षिक साधारणसभामा सो जानकारी दिइएको हो । सहकारी संस्थामा हाल दुई हजार २४४ शेयर सदस्य रहेको व्यवस्थापक दीपक कार्कीले बताउनुभयो ।

मलखाद, बीउबिजन उपलब्ध गराउँदै आएको सहकारीले पशुपालन व्यवसाय गर्ने किसानलाई सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ । दूध तथा दुग्धजन्य पदार्थ बिक्री वितरण गर्दै आएको सो संस्थाले एम्बुलेन्स सेवा, खेत जोत्ने ट्याक्टर, चर्पी सफा गर्ने सेफ्टीट्याङ्की र डिपार्टमेन्ट स्टोर सञ्चालन गर्दै आएको छ ।

उक्त कार्यक्रमको प्रदेश नं २ का कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले साधारणसभाको उद्घाटन गर्नुभयो । समारोहमा नियमित दूध खरिद बिक्री गर्ने उत्कृष्ट कृषक, उत्कृष्ट बचतकर्तालाई सम्मान गरिनुका साथै सामुदायिक विद्यालयमा अध्ययनरत एसइई परीक्षामा उत्कृष्ट अङ्कमा उत्तीर्ण हुने दुई विद्यार्थीलाई जनही रु १५ हजार छात्रवृत्ति प्रदान गरिएको छ ।

साधारणसभामा सप्तकोशी नगरपालिकाका प्रमुख उत्तमकुमार गौतम, राष्ट्रिय सहकारी बैंकका सञ्चालक समितिका केन्द्रीय सदस्य विश्वनाथ मण्डल, जिल्ला सहकारी सङ्घका अध्यक्ष बिनोदकुमार दत्त, सहकारीकर्मी मुरारी कार्कीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सस्थाका अध्यक्ष शम्भुबहादुर खड्काका अनुसार साधारणसभाले नयाँ कार्यसमिति चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group