ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरी भिडन्तमा साहनीको मृत्यु


एबीसी न्यूज
२९ पुस २०७५, आइतबार   ७ : ०५   बजे

 

भैरहवा, २९ पुस ।  प्रहरीको खोजिको सूचीमा सिद्धार्थनगर नगरपालिका– ६ गल्लामण्डीका केदार साहनीको प्रहरी मुठभेडमा मृत्यु भएको छ ।

सिद्धार्थनगर नगरपालिका– १० देशार पोल्ट्री फार्म अगाडिको चोकमा गएराति प्रहरीसितको मुठभेडमा साहनी मारिएका हुन् । दश वर्षदेखि जबर्जस्ती फिरौती असुली, हातहतियार खरखजना तथा कर्तव्य ज्यान, शरिर अपहरण बन्धकलगायत मुद्दामा फरार रहेका अभियुक्त साहनी मारिएको रुपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिनुभयो ।

पछिल्लो पटक साहनी सिद्धार्थनगर नगरपालिका– ८ कैलाश पथका ३८ वर्षीय आकाश गुरुङको अपहरणपछि हत्या गरी फरार थिए । उनले गुरुङको गत असोज १२ गते हत्या गरेका थिए ।

साहनीले गुरुङलाई २०७१ भदौ २७ गते अपरण गरेका थिए । उनले गुरुङलाई अपहरण गरी नवलपरासीको बर्दघाट नगरपालिका– १० स्थित सामुदायिक वनमा लगेर रु एक करोड फिरौती मागेका थिए । “रकम नपाएपछि साहनीले गुरुङको हत्या गरेका थिए,” प्रहरी नायब उपरीक्षक कुमोद ढुङ्गेलले भन्नुभयो । उनी हतियार देखाइ सर्वसाधारणलाई त्रसित पार्दै रकम असुली गर्ने कार्यमा संलग्न थिए । साहनी तराईका भूमिगत समूहसँग आबद्ध रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group