काठमाडौँ, २९ पुस । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवलीले पाकिस्तान र नेपालमा महिलाको अवस्था समान रहेको बताउनुभएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले आज आयोजना गरेको ‘पाकिस्तानी महिला लेखन’ पुस्तक लोकार्पण कार्यक्रममा मन्त्री ज्ञवालीले महिला लेखकको दोहोरो जिम्मेवारीको चर्चा गर्नुभयो । नेपाल र पाकिस्तानका बीचमा निकटता ल्याउन धेरै कुराले भूमिका खेलेको उहाँको भनाइ थियो । “पाकिस्तान गजल र सायरीका कारण धेरै चर्चित छ,” उहाँले भन्नुभयो, “कला, भाषा र साहित्यबाट दुई देशका नागरिकका बीचमा सुमधुर सम्बन्ध कायम भइरहेको छ ।”
प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले महत्वपूर्ण पुस्तक उल्था हुनु भाषा र साहित्यका लागि महत्वपूर्ण भएको बताउनुभयो । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले नेपाल र पाकिस्तानबीचको सम्बन्ध सुमधुर बनाउन साहित्य सिर्जनाले भूमिका खेल्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्