काठमाडौं,२९ पुस । प्रहरीले अवैध रुपमा उत्पादन भइरहेको ठुलो परिमाणको घरेलु मदिरा नष्ट गरेको छ । आइबार महानगरीय प्रहरी वृत महाराजगञ्ज प्र.ना.उ. फणिन्द्र प्रसाईको कमाण्डमा रहेको टोली र म.न.प्र. प्रभाग बुढानिलकण्ठ, प्रभाग मण्डिखाटार, विट सुकेधारा, बिट गोल्फुटारको प्रहरी टोलीले अबैध मदिरा नष्ट गरेको हो ।
धोवीखोला स्थित धोवीखोला करीडोर एरियामा विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको झण्डै एक हजार पाँच सय लिटर मदिरा नष्ट गरेको छ । मदिराले समाजमा विकृृति बढेको हुदा अवैध घरेलु मदिरा उत्पादन नियन्त्रण सम्बन्धि स्विप अप्रेशनलाई थप प्रभावकारी बनाईने प्रहरी नायव उपरिक्षक प्रसाईले बताए ।
प्रतिक्रिया दिनुहोस्