काठमाडौं,३० पुस । सोलुखुम्बु जुभिङका पेम्बा गेल्जे शेर्पा र इटलियन नागरिक सिमोन मोरोे चिसो हिउँदमा ८१६३ मिटर अग्लो मनास्लु हिमालको आरोहण गर्ने भएका छन ।
चिसो मौसममा शाहासिक आरोहण बारे परिक्षणका लागि आरोहण गर्न लागेको आरोही पेम्बा गेल्जे शेर्पाले जानकारी दिएका छन । उनीहरुले परिक्षणक क्रम भर्खरै जनवरी ५ मा(मेरा पिक ६,६५४ )को सफल आरोहण गरिसकेको छ ।
हिमाल आरोहण मात्र नभइ नेपालको सबै पर्यटन मौसममा आधारित भएकोले चिसो मौसममा आरोहणको सम्भावना बारे अनुसन्धानका लागि पनि यो पटक मध्ये हिँउदमा आरोहण गर्न लागेको हो । यी दुवै आरोही हिमाल आरोहण क्षेत्रका प्रख्यात अनुहार हुन् ।
उनीहरु सोमबार नै हेलिकप्टर मार्फत आधार सिविर पुगेको जनाएको छ । आरोहणका लागि कुनै निश्चित मिति भने तोकेको छैन ।
प्रतिक्रिया दिनुहोस्