ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काबुलमा भिषण हमला, चारको मृत्यु, ९० जना घाइते


एबीसी न्यूज
१ माघ २०७५, मंगलबार   २ : ५३   बजे

काबुल, १ माघ । अफगानिस्तानको राजधानी काबुलमा सोमबार साँझ भएको शक्तिशाली ट्रक बम बिस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुका साथै अन्य ९० जना घाइते भएका छन् ।

घाइते भएकामा २३ जना बालबालिका पनि छन् । गृह मन्त्रालयका प्रवक्ता नाजिब दानिसले बिस्फोटमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताउनुभएको छ । विस्फोटबाट मारिएकाहरुमा तीन जना सैनिक र एक जना सर्वसाधारण छन् ।

घाइते भएकामा १२ जना महिला पनि छन् । उक्त बिस्फोट निकै सुरक्षित मानिएको “ग्रीन जोन” छेउमै रहेको अफगानिस्तान निर्वाचन आयोगको कार्यालय नजिकै भएको थियो ।

अफगानिस्तानको संसदका लागि गत अक्टोबरमा चुनाव भएपनि काबुलको नतिजा सोमबार मात्र निर्वाचन आयोगले सार्वजनिक गरेको थियो । उक्त चुनावमा आठसय भन्दा बढी उम्मेदवार भएपनि २४ जना पुरुष र ९ जना महिला विजयी भएका छन् । अफगानिस्तानको २४९ सदस्यीय संसदका लागि भएको चुनावको परिणाम घोषणामा ढिलाई भइरहेको छ ।

चुनावमा पराजित भएकाहरुले समग्र निर्वाचन प्रक्रियामै धाँधली भएको आरोप लगाएका छन् ।

सोमबार भएको यस बिस्फोटको करिब एक घण्टापछि दानिसले गर्नुभएको ट्वीटमा घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई पक्राउ गरिएको बताउनुभएको छ ।

प्रहरीले यस आक्रमणमा तालिबान र इस्लामिक स्ट्टेसमध्ये एक समूहको संलग्नता रहेको अनुमान गरेको छ ।

काबुल आक्रमणको जिम्मेवारी तालिबानले लियो  –यसैबीच प्राप्त अर्काे एक समाचारमा अफगानिस्तानको राजधानी काबुलमा सोमबार साँझ गराइएको बम विस्फोटको जिम्मेवारी तालिबान लडाकू समूहले लिएको छ ।

काबुलका सोमबार साँझ भएको एक विस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनको साथै अन्य ९० जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सम्बन्धित

ब्राजिलमा शरणार्थी आवेदन अस्वीकृत हुनेमा नेपाली पाँचौं, मानव तस्करीको जालो फेरि उजागर

अन्तर्राष्ट्रिय रूपमा चर्चित ट्राओरेमाथि बुर्किना फासोमा किन उठ्दै छ प्रश्न ?

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu