ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनले चन्द्रमामा पहिलो पटक उमार्‍यो बीउ


एबीसी न्यूज
२ माघ २०७५, बुधबार   ८ : ०८   बजे

काठमाडौँ, २ माघ । पहिलो पटक चन्द्रमामा बिरुवाको अंकुर पलाएको छ । चीनले चन्द्रमामा पठाएको चाङ’इ–४ यानमा कपासको बीउको टुसा पलाएको हो । मंगलबार चिनियाँ वैज्ञानिकहरुले आफूहरुलाई ऐतिहासिक सफलता प्राप्त भएको सञ्चार माध्यमलाई जानकारी गराएका छन् ।

चन्द्रमामा जैविक पदार्थ उम्रिएको यो पहिलो पटक हो । यसलाई वैज्ञानिकहरुले अन्तरिक्षबारे लामो अनुसन्धानपछिको ऐतिहासिक सफलताको संज्ञा दिएका छन् ।

कपासको बीउ उम्रिएको बारे जानकारी दिँदै चिनियाँ वैज्ञानिक शाई गेङशिन भन्छन्, ‘चिनियाँ रोभर चाङ’ई–४ यही महिना मात्रै चन्द्रमामा अवतरण भएको थियो । हामीले हावा, पानी र माटो राखिएको एउटा १८ सेन्टिमिटरको डिब्बा पठाएका थियौँ । जसमा कपास, आलु र तोरीको बीउ राखिएको थियो ।’

गेङशिनका अनुसार यानले पठाएको तस्बिरमा कपासको अंकुर राम्रोसँग पलाइरहेको छ । कपासबाहेक भने अन्य बिरुवाका् बीउ भने अंकुरित नभएको उनले बताए ।

चीनले गएको महिना मात्रै चन्द्रमाको सतह अध्ययन गर्ने उद्धेश्यले चाङ’ई–४ ल्याण्ड रोभर प्रक्षेपण गरेको थियो । यो यान यही जनवरी ३ मा चन्द्रमामा सफलतापूर्वक अवतरण भएको थियो । बाँकी देशको तुलनामा चीनको यो अभियान एकदमै अलग छ । चीनले पहिलो पल्ट पृथ्वीबाट नदेखिने चन्द्रमाको भागमा आफ्नो उपकरण अवतरण गराएको थियो ।

वैज्ञानिकहरुका अनुसार पृथ्वीबाट देखिने चन्द्रमाको भागमा ल्याण्ड रोभरजस्ता उपकरण अवतरण गराउन सहज हुन्छ । तर अर्को भागमा खाल्डाखुल्डी धेरै हुने भएकाले उपकरणहरु अवतरण गराउन कठिन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group