ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युवक हत्या अभियोगमा दुई पक्राउ


admin
२ माघ २०७५, बुधबार   ८ : ११   बजे

राँझा, २ माघ ।  गत शनिबार बाँकेको कोहलपुरमा युवक हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले दुईलाई पक्राउ गरेको छ । पक्राउ गर्ने क्रममा प्रहरीको गोलीबाट एक जना घाइते भएका छन् ।

घटनाका सहयोगी भएको अभियोगमा राप्ती सोनारी गाउँपालिका बाँके स्थायी घर भएका युवराज गिरीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोलीसमेत चलाएको छ ।

गिरीलाई आज बिहान करीब ११ बजे बर्दियाको मधुवन नगरपालिका–३ बाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको विशेष प्रहरी टोलीले गिरीलाई नियन्त्रणमा लिन खोज्दा गोली हानहानसमेत भएको बताइएको छ ।

गिरीको बायाँ खुट्टामा गोली लागेको छ । हत्यामा संलग्न मुख्य योजनाकार भरत शाहीलाई गए राति सुर्खेतको पलाँटे बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मुख्य योजनकार शाहीले दीपक सिंहलाई ‘प्रहरीमा जागिर लगाइदिन्छु’ भन्दै रु डेढ लाख लिएको र जागिर लगाउन नसकेपछि पैसा माग्ने क्रममा विवाद भएको थियो ।

सो विवादपछि भरतले युवराज गिरीको सहयोगमा सिंहलाई धारिलो हतियार गरी घाँटी रेटेर बीभत्स तरिकाले हत्या भएको अनुसन्धानबाट खुलेको छ । गत पुस २६ गते प्रहरी परीक्षामा सहभागी हुनआएका सुर्खेत सिम्ता गाउँपालिकाका दीपक सिंहको कोहलपुरमा घाँटी रेटेर हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ : ट्रम्प

बाढीपहिरोका कारण कोशी, बागमती र कर्णाली प्रदेशका राजमार्ग र सडकखण्ड अवरुद्ध

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu