काठमाडौं, ३ माघ । महाराजगंज प्रहरी वृत्तअन्तर्गत महानगरीय प्रहरी प्रभाग गंगबुबाट प्रहरी निरिक्षक मोहन बिक्रम के.सी.को कमाण्डमा गएको टोलिले पाँचलाख नगद सहित जुवाडेलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा टोखा नगरपालिका बस्ने रोशन गुरुङ ,रमेश परीयार,मिलन सिलवाल, पुष्प गुरुङ, बुद्धि तामाङ, श्याम श्रेष्ठ, लोक बहादुर गुरुङ , खम बहादुर गर्भुजा, रामदेव रिमाल, कुमार ठकुरी, मकुन्द भण्डारी, नारायण बुढाथोकी, होम गुरुङ, जमिरदिन मिया र गणेश घले रहेको प्रहरीले जानकारी दिएको छ ।
टोखा नगरपालिका–१० गणेशस्थान स्थित लोक बहादुर गुरुङको कोठामाबाट तास खेली रहेका १५जनालाई बुधवार पक्राउ गरेको हो । जुवा खेलिरहेको स्थानबाट उनिहरुको चेकजाँच गर्दा नगद ५ लाख ३५हजार ८ सय ४० रुपयाँ र बुक ६ तास वरामद भएको प्रहरी निरिक्षक केसीले जानकारी दिए । पक्राउ परेकाहरुलाई कानुन बमोजिम कारवाही गरिने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्