ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुडानमा विरोध चर्कियो, राष्ट्रपति बासिरले राजीनामा नदिने


admin
३ माघ २०७५, बिहिबार   ३ : ४७   बजे

एजेन्सी,३ माघ । सुडानमा खाद्यान्न र इन्धनको मूल्यवृद्धिको विरोधमा राष्ट्रपतिकै राजीनामा माग गर्दै शुरु भएको प्रदर्शन एक महिना पुगिसकेको छ, तर राष्ट्रपति ओमार अल–बासिर राजीनामा नदिनेमा दृढ देखिनुभएको छ ।

प्रदर्शनका आयोजकहरुले राजधानी खार्तुमस्थित राष्ट्रपति कार्यालय अघिल्तिर विशाल प्रदर्शनमा सहभागी गराउन मानिसलाई गाउँगाउँबाट ल्याइरहेका छन् । सुडानका अरु शहरहरुमा पनि दिनहुँ प्रदर्शन भइरहेका छन् ।

मानव अधिकार समूह ह्यूमन राइट्स वाचले प्रदर्शनका क्रममा सुरक्षा फौजको कारबाहीमा बालबालिका समेत ४० जनाभन्दा बढीको मृत्यु भइसकेको जनाएको छ ।

राष्ट्रपति बासिर सन् १९८९ देखि सुडानको राष्ट्रपतिमा हुनुहुन्छ । सुडान विज्ञहरुका अनुसार यसपटक राष्ट्रपति बासिरमाथि सबैभन्दा ठूलो चुनौती खडा भएको छ ।

खार्तुम प्रदर्शनमा सहभागी २८ वर्षीय अदेल इब्राहिमले वर्तमान सत्ता परिवर्तन नहुँदासम्म प्रदर्शनमा सहभागी भइरहने बताउनुभयो । “हामीहरु हाम्रो भविष्य र हाम्रो राष्ट्रको भविष्य सुरक्षित राख्न प्रदर्शन गरिरहेका छौं ।”

सरकार विरोधी प्रदर्शन शुरुमा आटबारा सहरबाट थालनी भएको थियो । सुडानको पूर्वी भेगमा रहेको यो शहर सरकार विरोधीका रुपमा पहिल्यैदेखि परिचित छ । केही दिनभित्रै यो प्रदर्शन अरु प्रान्त र राजधानी खार्तुममा शुरु भएको थियो ।

परम्परागत रुपमा राष्ट्रपति बासिरको पकड क्षेत्रका रुपमा रहेका पोर्ट सुडान, गादारेफ, कासाला समेतका शहर तथा गाउँबस्तीहरु पनि यसपटक बासिरको राजीनामाको पक्षमा उभिएका छन् । पश्चिमी डार्फर क्षेत्रमा पनि बासिर विरुद्ध प्रदर्शन हुन थालेका छन् ।

मानिसहरुलाई प्रदर्शनमा सहभागी गराउन सामाजिक संजालको निकै बढी प्रयोग हुन थालेको छ । मानिसहरुले “शान्ति, स्वतन्त्रता, न्याय” को पक्षमा गरेका नाराबाजीलाई सामाजिक संजालमा लगातार समावेश गर्ने गरिएको छ ।

आमजनताको स्वःस्फूर्त सहभागिताप्रति अधिकारीहरु समेत आश्चर्यचकित भएको पाइएको छ ।

सुडानको अर्थतन्त्र कमजोर हुनुमा संयुक्तराज्य अमेरिकाको प्रमुख भूमिका रहेको अधिकारीहरुको भनाइ छ । अमेरिकाले सन् १९९७ मा सुडानविरुद्ध व्यापार प्रतिबन्ध लगाएको थियो ।

उक्त प्रतिबन्ध सन् २०१७ को अक्टोबरमा मात्र फुकुवा गरिएको छ । अमेरिकी प्रतिबन्धका कारण सुडानले अन्तर्राष्ट्रिय व्यापारिक कारोबार गर्न पाएको थिएन ।

बासिरले सोमबार डार्फरमा आयोजित एक सभामा सम्बोधन गर्दै प्रदर्शनकै कारण सरकार परिवर्तन हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सत्तामा परिवर्तन मतदानबाट मात्र हुन्छ ।

सुडानी जनताले सन् २०२० मा हुने चुनावमा यसको निर्णय गर्नेछन् ।” राष्ट्रपति बासिर पनि उक्त चुनावमा तेस्रो पटक उठ्ने तयारीमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सम्बन्धित

ब्राजिलमा शरणार्थी आवेदन अस्वीकृत हुनेमा नेपाली पाँचौं, मानव तस्करीको जालो फेरि उजागर

अन्तर्राष्ट्रिय रूपमा चर्चित ट्राओरेमाथि बुर्किना फासोमा किन उठ्दै छ प्रश्न ?

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu