ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तातोपानी नाकाको समयमै काम सक्न निर्देशन


admin
३ माघ २०७५, बिहिबार   ५ : ३५   बजे

मेलम्ची, ३ माघ । चीनसँग जोडिएको नाका तातोपानीमा भइरहेको कामको प्रगतिबारे दुई देशका प्रतिनिधिले अनुगमन गरेका छन् ।

नेपालको तर्फबाट भन्सार विभागका उपमहानिर्देशक मनमाया पङ्गेनीको नेतृत्व तथा चीनका भन्सार विभागका उपमहानिर्देशक भाइसीको नेतृत्वमा आएको टोलीले आज तातोपानी नाका क्षेत्रको अनुगमन गरिएको नेपालको तर्फबाट अनुगमनमा सहभागी बाह्रबिसे नगरपालिकाका प्रमुख निम्फुन्जो शेर्पाले जानकारी दिनुभयो ।

“मे १८ मा उक्त नाका खोल्न सकिन्छ कि ? सकिँदैन भनेर दुई देशका प्रतिनिधिद्वारा अनुगमन भएको हो”, नगरप्रमुख शेर्पाले भन्नुभयो ।

उहाँका अनुसार मितेरी पुल, सुख्खा बन्दरगाह, सडकलगायत निर्माणाधीन पूर्वाधारको स्थलगत अनुगमन पछि दुवै देशका प्रतिनिधि तोकिएकै समयमा नाका खुलाउन सकिने निष्कर्षमा पुगेका हुन् । “कामको तीव्रता राम्रै पाइयो, चीनको तर्फबाट समयमै काम सम्पन्न गर्ने देखियो”, प्रमुख शेर्पाले भन्नुभयो ।

उहाँका अनुसार चीनले विशेष महत्वका साथ नाका सञ्चालनका लागि काम गर्न थालेपछि नेपालतर्फको सडक मर्मतका लागि सडक विभागलाई सरकारले ताकेता गरेको थियो । जसअनुसार अहिले चिनियाँ रेलबे कन्स्ट्रक्सन कम्पनी लिमिटेड सिआरसिसीले पुनःनिर्माणको कामलाई तीव्रता दिएको छ ।

अनुगमनपछि जस्तोसुकै मूल्य चुकाएर भए पनि समयमै काम सक्न चिनियाँ भन्सार विभाग उपमहानिर्देशक भाइसीले सिआसिसीलाई निर्देशन दिएको प्रमुख शेर्पाले जानकारी गराउनुभयो । उहाँका अनुसार सुक्खा बन्दरगाह, सडक मितेरी पुललगायत १५ स्थानमा सिआरसिसीले २७८ कामदार परिचालन गरेको छ ।

२२ किमी सडकको पुनःर्निर्माण गर्ने जिम्मा लिएको सिआसिसीले ८–८ घण्टाको सेक्टर बनाएर २४ सैँ घण्टा कामलाई तीव्रता दिएको छ । अब आउँदो चार महीना सकाउने गरी कामलाई तीव्रता दिएको सिआरसिसीले पहिरो नियन्त्रण, कङ्क्रिट, माटो फिलिङ, मेशिनरी वाल, ग्याबिनलगायतको काम एकैसाथ थालेको छ ।

अनुगमनको उक्त टोलीमा नेपालको तर्फबाट भन्सार विभाग उपमहानिर्देशक पङ्गेनीको नेतृत्वमा भन्सार प्रमुख कृष्ण बस्नेत, बाह्रबिसे नगरपालिका प्रमुख निम्फुन्जो शेर्पा, सीमा सुरक्षाबलका प्रहरी प्रमुखलगायत नेपाल सरकारका सबै निकायको प्रतिनिधि सहभागी थिए ।

त्यस्तै चिनियाँ टोलीको तर्फबाट भन्सार विभाग उपमहानिर्देशक भाइसीको नेतृत्वमा सरकारको सबै निकायको प्रतिनिधि सहभागी थिए । उपमहानिर्देशक भाइसी सिन्चुवाङ प्रान्तका चिनियाँ कम्युुनिष्ट पार्टीका जिम्मेवार सदस्यसमेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group