ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठको नवनिर्मित कार्यालय भवन उदघाटन


एबीसी न्यूज
५ माघ २०७५, शनिबार   ११ : २८   बजे

काठमाडौं , ५  माघ । प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले नवनिर्मित कार्यालय भवनको शुक्रबार आयोजित एक कार्यक्रमवीच उदघाटन गर्नुभएको छ ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक राईले भवन निर्माणका लागि जग्गा प्रदान गरी सहयोग गर्ने दिर्घकुमारी खतिवडालाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै प्रशंसापत्र समेत प्रदान गर्नुभयो । साथै उहाले उक्त कार्यालय परिसरमा सिसिटिभि जडान गरी सहयोग गर्ने बुढानिलकण्ठ नगरपालिकालाई समेत प्रशंसापत्र प्रदान गर्नुभयो ।

प्रहरी अतिरिक्त महानिरीक्षक राईले भवन निर्माणमा उल्लेखनीय कार्य गर्ने प्रभागका पूर्व ईन्चार्जहरु प्रहरी निरीक्षक होमबहादुर पराजुली र रवीन्द्र पाण्डेलाई प्रशंसापत्र प्रदान गर्नुका साथै प्रभागमा रही उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई समेत प्रशंसापत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक राईले नयाँ भवनको प्राप्तिसँगै समुदायको आवश्यकता अनुसार दत्तचित्त भई कार्य सम्पादन गर्दै जनताको सन्तुष्टीको स्तर वृद्धी गर्नुपर्ने बताउँदै आगामी दिनमा थप गुणस्तरीय सेवा प्रदान गर्न प्रहरी कर्मचारीलाई निर्देशन समेत दिनुभयो । प्रहरी कार्यालय मार्फत अन्यायमा परेका सेवाग्राहीले निर्वाध रुपमा न्यायको बाटो पहिल्याउन सक्ने चर्चा गर्दै उहाँले कानून कार्यान्वयन गर्ने सन्दर्भमा बफादार भई अधिकतम उपलब्धी हासिल गर्ने लक्ष्य सहित काम गर्नुपर्ने बताउनुभयो । समुदाय-प्रहरी साझेदारी अवधारणा अनुसार स्थानीय सरकारसँग समन्वय गरी शान्ति सुरक्षा व्यवस्थापनमा खटिनु पर्नेमा उहाँले जोड दिनुभयो  ।

कार्यक्रममा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल, स्थानीय सहयोग समितिका सदस्य तथा समाजसेवी प्रकाश श्रेष्ठ लगायतले भवन निर्माण सम्बन्धी आ-आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्राविधिक प्रहरी नायव उपरीक्षक ई. ईश्वर थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै करिब २ करोड ३१ लाख ६८ हजार ५ सय ८४ रुपैयाँ लागतमा साढे ३ तलाको उक्त भवन निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group