अछाम,५ माघ। अछामको कमलबजार नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
कमलबजार नगरपालिका–२ बस्ने खड्ग विष्टले चलाएको से ४ प ९१३८ नम्बरको मोटरसाइकलको ठक्करबाट कमलबजार नगरपालिका वडा नं १ बस्ने दान बहादुर माझीकी साढे दुई वर्षीया छोरी तुलसी माझीको मृत्यु भएको हो ।
शुक्रबार बेलुका पौने ४ बजे मोटरसाइकलको ठक्करबाट घाइते भएकी तुलसीको उपचारको क्रममा राती ९ बजे बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालिकालाई ठक्कर दिने मोटरसाइकल र चालकलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्