काठमाडौं,५ माघ । पर्सा र मोरङबाट अवैध लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने धोडेमसानबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३१ केजी र चरेश १ केजी सहित मकवानपुर कालिका गाउँपालिका(२ बस्ने १८ वर्षीय महेश योञ्जनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी योञ्जनलाई पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका-१५ बाट पैदलयात्री सोही महानगरपालिका ११ बस्ने २० वर्षीय दुर्गाबहादुर खत्रीलाई नियन्त्रित लागूऔषध लुपिजेशिक ९ एम्पुल, एभिल १ एम्पुल र सिरिन्ज ९ पिस सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा प्रहरीले जाँच गर्नेक्रममा लुकाईछिपाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी खत्रीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्