ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कठोर व्रत ‘श्रीस्वस्थानी व्रत’ बर्तालुले पालना गर्नुपर्ने नियम सहित


एबीसी न्यूज
८ माघ २०७५, मंगलबार   ८ : ४४   बजे

काठमाडौँ (साँखु), ८ माघ।  माधवनारायण स्वस्थानी व्रतलाई कठोर व्रतमध्येकै एक मानिन्छ । स्वस्थानी पूजा र व्रत सांस्कृतिक र परम्परागतरूपमा जोडिएर आएको छ । स्वस्थानी पुस्तकमै वर्णन गरिएको लावण्य देश भनिएको हालको साँखुमा एक महिनासम्म स्वस्थानी तथा माधवनारायणको कठोर व्रत र पूजा बस्ने चलन रहिआएको छ ।

पौष शुक्ल पूर्णिमाका दिनदेखि हिन्दु धर्मावलम्बीले श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आरम्भ गरेका छन् ।

प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा बाच्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा कथा बाचे र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

संस्कृतिविद् प्रा डा टेकबहादुर श्रेष्ठका अनुसार चिभ्वय् नयेगु २०७५ माघ ६ गते आइतबार जल कायेगु (जल लिने) जल लिएपछि व्रत शुरु भएको मानिनेछ । व्रत शुरु २०७५ माघ हिजो सोमबारदेखि शुरु भएको हो ।

परापूर्वकालदेखि चलिआएको यस अवधिमा व्रत बस्नेले एक महिनासम्म नुन, माछा, मासु, मरमसला खानुहुँदैन, अन्य पशुपक्षी तथा जनावरहरू छुन नहुने, जुत्ता, मोजा, रजस्वला भएकी महिलाहरू, जुत्ता, चप्पल लगाएका कोहीपनि मान्छेसँग भेटघाट र छुनसमेत हुँदैन ।

बर्तालुले एक महिनासम्म दुध, फलफूल र पानी बाहेक अन्य कुनै किसिमका पेय पदार्थ सेवन गर्न नहुने संस्कृतिविद् श्रेष्ठले ताउनुभयो । फलफूलमा सुन्तला, उखु, तरुल, पिँडालु मात्र खानुपर्दछ ।

त्यस्तै बर्तालुले भोजन गर्दागर्दै बीचमा उठ्नुहुँदैन, यदि उठेमा सँगै छोएर भोजन गरिरहेका अन्य व्यक्तिले समेत भोजन छोड्नुपर्ने हुन्छ र उठिसकेपछि फेरि भोजन गर्नुहुँदैन । भोजन पकाउँदा र भोजन गर्दा व्रत नबसेका मानिसहरूले नछुने ठाउँमा बस्नुपर्ने नियम छ ।

दैनिक व्रत बसिसकेपछि शंखरापुर (साँखु) नगर परिक्रमा गर्ने क्रममा सहस्रधारामा जलसेचन गरिसकेपछि मात्र फेरि चोखो पानी ल्याएर भोजन तयार पारी भोजन गर्ने र सोही दिन भोजन पश्चात् जुठो भाँडा माझ्नुपर्ने हुन्छ ।

एक महिनाको अवधिसम्म बर्तालुले गाडी चढ्न नहुने, बिरामी भएमा औषधि सेवन गर्न नहुने, आफन्तको जुठो, सुतक बार्न नहुने, साबुन तथा अन्य कुनै पनि वस्तुहरू छुन तथा प्रयोग गरी नुहाइधुवाइ गर्न नहुने, दन्त मञ्जनहरू प्रयोग गर्न नहुने, उपरखुट्टी लगाएर बस्न नहुने साथै मेचमा र खाटमा बस्न नहुने र कुनै पनि गहना लगाउन पाइने छैन ।

माघ शुक्ल नवमीका दिन तस्मै (खीर) भोजन गराउने परम्परा रही आएको छ । यस दिनपछि अन्य भक्तजनहरूले समेत तस्मै भोजन गराउन सक्छन् । यसका लागि साँवागण र मूल पुरोहितसँग सरसल्लाह गर्नुपर्नेछ ।

व्रतका अवसरमा परदेश यात्रामा सबै बर्तालुहरू जम्मा भइसकेपछि साँवागणबाट माधवनारायणको शङ्ख जल सेचनपछि मात्र फलफूल भोजन गर्नुपर्नेछ । परदेशमा भोजन गर्ने स्थानहरूसमेत तोकिएको छ । पशुपतिबाट फर्पिङ जाँदा सानो गौचरन, फर्पिङ्गबाट साँखु आउँदा शङ्खमूल, पनौतीबाट साँखु आउँदा भक्तपुरको भोखुसी र चाँगुबाट साँखु आउँदा साँखुमा भोजन गर्नुपर्ने हुन्छ ।

बर्तालुले पालना गर्नुपर्ने नियम 

पुरुष बर्तालुले कुनै पनि किसिमका रातो टीका तथा रातो वस्त्र लगाउन पाउने छैनन्, नित्य पूजा गर्न अगाडि सम्पूर्ण पुरुष बर्तालुले चन्दनको टीका लगाएको हुनुपर्नेछ । उल्लिखित नियमहरूबाहेकका कुनै समस्या आएमा वा आफूलाई विस्तृत जानकारी चाहिएमा मूल पुरोहित, साँवागण र कजि (व्रत नाइके)सँग सोधपुछ गर्नुपर्नेछ ।

परापूर्वकालदेखि चल्दै आएको एवं भगवान विष्णुको आदेशमा माता पार्वतीले तीनलोकमा नै स्वस्थानी माताको व्रत बसाल्न स्वर्गलोकमा नारद ऋषि र मत्र्यलोकमा सप्तर्षी एवं पाताललोकमा अश्वत्थामालाई पठाउनुभएको थियो । किंवदन्ती एवं पुराणको अनुसरण गर्दै अहिलेसम्म पनि स्वस्थानी माताको व्रत बस्ने परम्परा चलिआएको छ । सोही अनुरूप भगवान विष्णुको स्वरूप श्री माधवनारायणको प्रतिमालाई साक्षी राखी यो व्रत प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म निरन्तर रूपमा चल्दै आइरहेको छ ।

सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उहाँले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीहरूको उद्धार गर्नुभएको कथाका रूपमा नेपाली समाजमा प्रचलित छ ।

यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालिनदी तथा सतीदेवीको अङ्ग पतन भएको स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

एकतीस अध्याय रहेको श्रीस्वस्थानी व्रतकथाको बाह्रौँ अध्यायमा श्रीस्वस्थानीको महिमाबारे वर्णन गरिएको र श्रद्धापूर्वक श्रीस्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधि नाश हुने र मनले चिताएको पुग्ने पार्वती, गोमा र नवराज र चन्द्रावतीजस्ता पात्रका माध्यमबाट प्रष्ट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group