ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनावश्यक विदेश भ्रमण रोक्न खोज्दा सहसचिव पाण्डेले प्रतिशोध साँधे


एबीसी न्यूज
८ माघ २०७५, मंगलबार   ८ : २०   बजे


काठमाडौं, ८ माघ । खानेपानी मन्त्री विना मगरको निजी सचिवालयले मन्त्रालयका सहसचिव राजनराज पाण्डेले खानेपानी मन्त्री मगर र खानेपानी सचिवमाथि पूर्वाग्रह साँधेर बदनाम गरेको जनाएको छ । मन्त्री मगरको निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा सहसचिव पाण्डे संघीयता विरोधी कुरा गर्दा प्रदेश नम्बर ७ बाट फिर्ता भएको र जापानमा हुने एउटा तालिममा जान नपाएपछि प्रतिशोध साँध्दै मिडियाबाजीमा उत्रिएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘मर्यादित सहसचिव पदमा रहेका व्यक्तिले पूर्वाग्रही र अनुशासनहीन भएर दिइएको प्रतिक्रिया अनुशासनहीनताको पराकाष्ठा हो र जिम्मेवारी नदिइएको विषय कपोलकल्पित र भ्रामक हो ।’

‘सहसचिव पाण्डेले प्रदेश नम्बर ७ मा संघीयता विरोधी तर्क गरेर कर्मचारी भाँड्न खोजेका थिए, भड्काउन खोजेका थिए,’ निजी सचिवालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ।  ‘सरकारले पाण्डेलाई ७ नम्बर प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा सचिवको कामकाजमा पठाउँदा मर्यादाविपरीत काम गरेको पाइएपछि सामान्य प्रशासन मन्त्रालयमार्फत पुनः खानेपानी मन्त्रालयमा फिर्ता पठाइएको र मन्त्रालयमा दरबन्दी नभएकाले शाखा तोक्न खोज्दा पाण्डेले नै मान्नु भएको थिएन ।’

खानेपानी मन्त्रीका निजी सचिव गुणराज श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पाण्डे २०१९ को मार्च १८ मा जापानमा हुने लागेको कार्यक्रममा जान इच्छुक रहेर फाइल पेश भएको थियो, उनको आफ्नै सक्रियतामा विदेश जाने तयारीमा मन्त्रालयले अनावश्यक विदेश भ्रमण रोक्न खोज्दा सहसचिव पाण्डे पूर्वाग्रही भएर मन्त्रीज्यूलाई औँला ठड्याएर बाहिर निस्केको र त्यसैको प्रतिशोध साँध्दै अनेक लाञ्छना लगाएर मिडियाबाजीमा उत्रिएको पाइएकाले भ्रामक समाचारमा विश्वास नगर्न अपिल गर्दछौँ ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group