ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशसभा सदस्य दवाडीद्वारा तलबभत्ता विकास निर्माणमा खर्च


admin
९ माघ २०७५, बुधबार   २ : १८   बजे

गोरखा, ९ माघ । गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले प्रदेशसभासद् भएबापत सरकारले उपलब्ध गराउने सम्पूर्ण तलब भत्ता आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्नुभएको छ ।

सभासद् दवाडीले शपथ ग्रहण गरेदेखि अहिलेसम्म प्राप्त रु सात लाख ३० हजार ३१५ सामाजिक क्षेत्रमा खर्च गर्नुभएको हो । गोरखा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (ख) बाट नेपाली काङ्गेसका तर्फबाट निर्वाचित हुनुभएका सभासद् दवाडीले तलबभत्ताबापतको रकम मोटरबाटो निर्माण, एम्बुलेन्स खरीद, विभिन्न महिला समूहलाई भवन निर्माणका लागि खर्च गरेको जानकारी दिनुभयो ।

त्यस्तै तीन वटा विद्यालयलाई विद्यालय सञ्चालनका लागिसमेत रकम प्रदान गरेको उहाँले बताउनुभयो ।

नेपाल प्रेस युनियनले गोरखाले सदरमुकाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारबाट तलबभत्ताबापत प्राप्त रकममा थप रु चार लाख ९० हजार ९०५ थप गरी एक वर्षको अवधिमा कूल रु १२ लाख २१ हजार २२० आफ्नो निर्वाचन क्षेत्रमा खर्च गरेको जानकारी दिनुभयो ।

“मैले निर्वाचनमा जितेलगत्तै सभासद् भएबापत आफूले पाउने सेवा सुविधा विकास निर्माणका खर्च गर्छु भनेर प्रतिबद्धता जनाएको थिए”, उहाँले भन्नुभयो, “मैले सेवा सुविधा व्यक्तिगत खर्च गर्नु मनासिव ठानिन ।”
सभासद् दवाडीले आफ्नो पेशा व्यवसायबाट हुने नाफाको कम्तीमा पाँच प्रतिशत रकमसमेत समाज सेवा खर्च गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group