ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुस र टर्कीका राष्ट्रपतिले सिरिया द्वन्द्वबारे छलफल गर्ने


admin
९ माघ २०७५, बुधबार   ५ : ४७   बजे

एजेन्सी,९ माघ ।  रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका उहाँका समकक्षी रिसेप तयप एर्डोगानबीच सिरियाका बारेमा छलफल हुने भएको छ । रुसको राजधानी मस्कोमा उहाँहरुबीच बुधबार छलफल हुने तय भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

सिरियाली द्वन्द्वका बारेमा एकअर्कामा ठीक विपरित धारणा राख्दै आएका देशका शीर्ष नेताहरुबीच हुन लागेको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सिरियामा रुसले सरकारलाई सघाइरहेको छ भने टर्कीले विद्रोही समूहका लडाकूहरुलाई राष्ट्रपति बशर अल असदका विरुद्धमा लड्नका लागि सहयोग गरिरहेको छ ।

परस्पर विपरीत पक्षमा उभिएका दुई देशका नेताहरुले अहिले सात वर्षदेखि सिरियामा जारी द्वन्द्वको राजनीतिक समाधानका लागि उपाय खोज्ने अपेक्षा गरिएको छ । उनीहरुले त्यसका लागि सँगै मिलेर काम गर्ने प्रयास पनि गर्ने बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट दुई हजार अमेरिकी सेना फर्काइने भन्दै गत महिना गरेको घोषणाले पनि रुस र टर्कीका राष्ट्रपतिको भेट गराएको विश्वास गरिन्छ ।

टर्कीका राष्ट्रपति एर्डोगानले गत सोमबारको एउटा सम्बोधनमा टर्कीद्वारा नियन्त्रित उत्तरी सिरियाको “सुरक्षा क्षेत्र”का बारेमा रुसी राष्ट्रपति पुटिनसँग छलफल गर्न लागेको बताउनुभएको थियो ।

अमेरिकाको समर्थनप्राप्त कुर्द लडाकूहरुले सिरियाको अधिकांश उत्तरी भागलाई नियन्त्रणमा लिएका छन् । रुसले लामो समयदखि सिरियाली राष्ट्रपति असदलाई सहयोग गर्दै आएको छ । रुसले त्यस क्षेत्रमा शान्ति स्थापनका लागि टर्की र इरानसँग त्रिपक्षीय शिखर बैठक आयोजना गर्ने योजना पनि बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सम्बन्धित

ब्राजिलमा शरणार्थी आवेदन अस्वीकृत हुनेमा नेपाली पाँचौं, मानव तस्करीको जालो फेरि उजागर

अन्तर्राष्ट्रिय रूपमा चर्चित ट्राओरेमाथि बुर्किना फासोमा किन उठ्दै छ प्रश्न ?

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu