ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकार महासंघ ५ नंं प्रदेशद्धारा अगुवाहरुसँग छलफल


admin
९ माघ २०७५, बुधबार   ६ : १५   बजे


बुटवल,९ माघ । नेपाल पत्रकार महासंघ प्रदेश नंं ५ समितिले प्रदेशका अगुवा पत्रकारहरुसँग छलफल गरेको छ ।

प्रदेश सरकारले प्रदेश सभामा पेश गरेका विधेयक, सरकारले निर्माण गरेको सञ्चार नीति, बनाउँदै गरेका विधेयक तथा कानूनहरुका सम्बन्धमा आधिकारीका धारणा तय गर्न सो छलफल गरेको हो ।

छलफल पश्चात ति ऐन, कानून, नीति र विधेयकमा कुनकुन धारा, उपधारा तथा बुँदाहरु स्वतन्त्र प्र्रेस माथि अंकुश लाग्न सक्ने छन ? र कुन कुन कुरा सञ्याउन जरुरी छ ? भन्ने कुराको निक्र्यौल गरी सुझाव समेत पेश गर्ने गरी दुईवटा सुझाव समिति गठन गरेको छ ।

हाल प्रदेश सभामा पेश भएको प्रदेश प्रशारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा सुझाव दिन मोहोन चापागाईको नेृत्वमा एक समिति र छापाखाना र प्रकाशन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा आवश्यक सुझाव दिन डिआर घिमिरेको नेतृत्वमा अर्को समिति गठन गरिएको छ ।

प्रदेश सभामा पेश भएको प्रदेश प्रशारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा सुझाव दिन मोहोन चापागाईको नेृत्वमा अर्जुन गिरी, सुदिप गौतम, दिनेश पाण्डे, भोषराज पाण्डे सदस्य रहेका छन, भने छापाखाना र प्रकाशन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा आवश्यक सुझाव दिन डिआर घिमिरेको नेतृत्वमा बनेको समितिमा दिपक ज्ञवाली, प्रताप रेग्मी, झलक गैरे र नवराज कुंवर सदस्य रहेका छन ।

समितिले आवश्यक सुझाव तयार गरी नेपाल पत्रकार महासंघ प्रदेश नंं ५ मा बुझाउने र सो कुरा सम्बन्धित मन्त्रालय, सरकार र प्रदेश सभा सदस्य र सम्बन्धित समितिसँग आवश्यक परामर्श गरी शंसोधनका लागि अनुरोध गर्ने निर्णय भएको नेपाल पत्रकार महासंघ प्रदेश नंं ५ का अध्यक्ष मौसम रोकाले जानकारी दिए ।

यसैगरी आजै नेपाल पत्रकार महासंघ प्रदेश नं. ५ को नेतृत्वमा प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीलाई भेटीएको छ । सो अवसरमा प्रदेशमा बन्न थालेका सञ्चार सम्बन्धि ऐन, कानून तथा विधेयकहरुमा भएका केही कुरा स्वतन्त्र प्रेस विरोधी भएको भन्दै सो सम्बन्धमा पहल गरिदिन अनुरोध गरिएको थियो ।

सो अवसरमा बोल्दै सभामुख घर्तीले यस विषयमा सरकारसँग आवश्यक समन्वय गरी अगाडि बढ्न टोलीलाई आग्रह गर्दै आवश्यक समन्वयका लागि पहल गर्ने प्रतिवद्धता समेत जनाए ।

सो अवसरमा पत्रकारहरु बालकृष्ण चापागाई, विनोद पहाडि, दिपक ज्ञवाली, दिनेश पाण्डे लगाएतले आफ्ना धारणा राखेका थिए ।

छलफल र भेटघाटको अध्यक्षता प्रदेश ५ का अध्यक्ष मौसम रोकाले गर्नुभएको थियो भने सञ्चालन बरिष्ठ उपाध्यक्ष भरत केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group