ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कल बाइपासमा संलग्न दुई भारतीय नागरिक पक्राउ


admin
९ माघ २०७५, बुधबार   ७ : ३०   बजे

काठमाडौं,९ माघ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अवैधरुपमा अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

ब्यूरो टोलीले यही माघ ७ गते काठमाडौँ सामाखुशी रोममार्गस्थित नवराज विक्रम कुँवरको घरमा सुनसरी धरान जिमिचोकका सञ्जीव राईले भाडामा लिएको घरको एउटा कोठामा भारत जयपुरका सुनिल कुमार र राम करन जटले अवैध भिओआइपी सञ्चालन गरिरहेको बेला पक्राउ गरिएको ब्यूरोका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले जानकारी दिनुभयो । प्रहरीले उक्त कार्य सञ्चालन गर्ने उपकरणसमेत बरामद गरेको छ ।

अनुसन्धानका क्रममा अन्तर्राष्ट्रिय भिओआइपी कल चीनमार्फत ल्याउने गरेको, भारतबाट नेपाल आउँदा अवैध भिओआइपीमा प्रयोग हुने उपकरण साथमा लिइआएको, सिमकार्ड आफूलगायत विभिन्न भारतीय नागरिकको कागजातपत्रका आधारमा आफैँ लिने गरेकोजस्ता कुरा खुलेको ब्यूरोले जनाएको छ ।

अवैध भिओआइपीविरुद्ध ब्यूरो स्थापनकालदेखि हालसम्म १०७ स्थानमा भएको कारवाहीमा नेपाली १३० र विदेशी ३६ गरी १६६ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ परेकाविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद लिइ अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group