ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नगरपालिकाले ग¥यो नाम परिवर्तन


admin
९ माघ २०७५, बुधबार   ७ : ३८   बजे

काभ्रेपलाञ्चोक, ९ माघ । करीब दुई वर्षपछि मण्डन देउपुर नगरपालिकाले आफ्नो नाम परिवर्तन गरी ‘नगरकोट मण्डन देउपुर नगरपालिका’ राखेको छ । मङलबार कुन्ताबेंसीमा सम्पन्न हिउँदे नगरसभाले नपाको नाम परिवर्तन प्रस्ताव पास गरेको आज बनेपामा अयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

पर्यटकीयस्थल नगरकोटको नाम विश्वमै परिचित भएको तथा आफ्नो क्षेत्राधिकारभित्र पर्ने भएकाले नपाको साविक नाममा नगरकोट थपिएको नगरप्रमुख टोकबहादुर तामाङले बताउनुभयो ।

नगरप्रमुख तामाङले भन्नुभयो, “नगरकोटका ७५ प्रतिशत होटल हाम्रो क्षेत्राधिकारभित्र पर्दछ, यसकारण पनि नामकरण गर्ने माग भएअनुसार नगरकोट थप्यौँ ।” उहाँका अनुसार नगरपालिका घोषणापछि तत्कालीन दलीय संयन्त्रले लामो समयको विवादकाबीच नपाको नाम मण्डन देउपुर नगरपालिका राखिएको थियो ।

“नपाको नयाँ नाम पारित भयो, अनुमति माग्न प्रदेश र केन्द्रीय सरकारसँग अनुमति मागिसकेका छौँ”, नगरप्रमुख तामाङले भन्नुभयो । काभ्रेपलाञ्चोकमा छ वटा नपा र सात वटा गाउँपालिका छन् ।

यस नपासँग नगरकोटमा भक्तपुरको चाँगुनारायण नपा जोडिएको छ । व्यावहारिकरुपमा नगरकोट ‘पानीढलो’ सीमाङ्कन भन्दै आइएको छ । नयाँ नामाङ्कित नपा नगरकोट मण्डनदेउपुर नपाले प्रदेश नं ३ सरकारसँग नगरकोट तथा सिन्धुपाल्चोकसँग जोडिएको इन्द्रवती नदीको सीमाङ्कन गरिदिन आग्रह गरेको छ ।

नगरसभाले करको दायरा पनि बढाएको सम्मेलनमा जानकारी दिइयो । नपाको सभाले करको दायरामा क्रसर उद्योग दर्ता तथा नवीकरणमा रु ११ लाख, इँटा उद्योग दर्ता तथा नवीकरणमा रु आठ लाख, ढुङ्गा खानी दर्ता तथा नवीकरणमा रु सात लाख, बालुवा खानी दर्ता तथा नवीकरणमा रु पाँच लाख शुल्क लाग्ने पारित गरेको छ ।

नयाँ नामाङ्कित नपा नगरकोट मण्डनदेउपुर नपाभित्र दर्ता एवं सञ्चालित होटलको कर सङ्कलन गर्न विभिन्न वर्गमा राखेर वर्गीकरण गर्न कार्यदल पनि गठन गरेको छ ।

नगरसभाले माथिल्लो तामाकोशी आयोजनाको ४०० केभी प्रसारण लाइन नपाको घटाबस्तीमाथि रहेकाले रुट परितर्वत गर्न मेलम्ची आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई रोयल्टीबापत ५० प्रतिशत रकम जनसङ्ख्याका आधारमा नपा तथा गाउँपालिकालाई उपलब्ध गराउन सम्बन्धित निकायमा मागगर्नेलगायत १६ वटा प्रस्ताव पास गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group