ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेनेजुएलाका राष्ट्रपति मदुरोलाई सेनाको समर्थन


admin
११ माघ २०७५, शुक्रबार   ४ : ५१   बजे

काराकास, ११ माघ । भेनेजुएलाको शक्तिशाली सेनाले बिहीबार राष्ट्रपति निकोलास मदुरोलाई पूर्ण समर्थन गरेको जनाएको छ । अमेरिका समर्थित विपक्षी नेता हुँवा गुएइदोले आफू नै भेनेजुएलाको अख्तियारप्राप्त अन्तरिम राष्ट्रपति रहेको दाबी गरिरहनुभएको छ ।

देशभर भडकिएको हिंसा र प्रदर्शनका क्रममा शुक्रबारसम्म २६ जनाको मृत्यु भइसकेको छ । राष्ट्रपति मदुरोले संयुक्तराज्य अमेरिकामा रहेको भेनेजुएलाको राजदूतावास र वाणिज्यदूतावास बन्द गर्ने घोषणा गर्नुभएको छ । साथै, मदुरोले भेनेजुएलामा रहेका अमेरिकी कुटनीतिज्ञहरुलाई ७२ घण्टाभित्र देश छाड्न आदेश दिनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मदुरोको सत्तालाई “अवैधानिक” भनी घोषणा गरिसक्नुभएको छ । विपक्षी नेता गुएइदोको घोषणालाई अमेरिका, युरोपेली युनियन तथा ब्राजिल, अर्जेन्टिना, कोलम्बिया समेतका केही दक्षिण अमिरिकी मुलुकहरुले समर्थन गरेका छन् ।

तर भेनेजुएलामा लगानी र सहयोग गरिरहेका चीन र रुसले राष्ट्रपति मदुरोलाई समर्थन गरेसँगै परिस्थितिले नाटकीय मोड लिन थालेको छ ।

तेलको धनी राष्ट्र भेनेजुएला आर्थिक रुपमा अत्यन्त कमजोर स्थितिमा छ ।

मदुरो गतवर्ष भएको राष्ट्रपतिको चुनावमा पुनः विजयी हुनुभएको थियो, तर यो चुनावमा धाँधली भएको जनाउँदै विपक्षीहरु तथा धेरै अन्य मुलुकले लगातार विरोध गरिरहेका छन् । तर, आफूलाई समाजवादी नेता भन्न रुचाउने मदुरोको शासनसत्ता शक्तिशाली सेनाको भूमिकामा अडेको विश्वास गरिन्छ ।

सेनाको जनरल समेत रहनुभएका रक्षामन्त्री भ्लादिमिर पाड्रिनोले ५६ वर्षीय मदुरो नै मुलुकको “वैधानिक राष्ट्रपति” रहेको घोषणा गर्नुभएको छ । उहाँले सम्भावित “सत्ता विद्रोह” विरुद्ध जस्तोसुकै कदम चाल्न भेनेजुएलाको सेना दृढ र एकताबद्ध रहेको बताउनुभएको छ ।

पाड्रिनोको घोषणा लगत्तै अरु आठ जना जनरलले पनि राष्ट्रपतिको पक्षमा समर्थन जनाएका छन् ।

मदुरोका समर्थकहरु न्यायाधीश रहेको सर्वोच्च अदालतले पनि मदुरोको “वैधानिक अख्तियारी” प्रति समर्थन जनाएको छ । “विदेशी सरकारहरुको उक्साहटमा भेनेजुएलामा सत्ता विद्रोहको तयारी भइरहेको हामीलाई लागेको छ ।”

अन्तरिम राष्ट्रपति घोषणा गर्नुभएका विपक्षी नेता हुँवा गुएइदोको भविष्य पनि अन्यौलमा पर्न थालेको अनुमान गरिएको छ । तर, युरेसिया ग्रुपमा आबद्ध विश्लेषकहरुले गुएइदोलाई विदेशी शक्तिराष्ट्रले समर्थन गरेका कारण मुख्य विपक्षी नेताका रुपमा स्थापित गर्न मद्दत गरेको बताएका छन् । यसपटक गुएइदोले शक्तिशाली भेनेजुएली सेनाको उच्च नेतृत्वको विश्वास जित्न सक्नुभएको छैन ।

उनीहरुले तत्कालै मदुरोको शासनसत्ता ढल्न सम्भव नदेखिएको बताएका छन् । तर, सत्ता परिवर्तनको पछिल्लो प्रयत्नमा दर्जनौंको ज्यान गएको छ ।

वासिङटनमा, अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भेनेजुएलाको सङ्कटका विषयमा छलफल गर्न संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदको आपतकालीन बैठक बोलाउन आग्रह गर्नुभएको छ ।

पोम्पेओले भन्नुभयो, “बहसको समय घर्किसक्यो । पूर्व राष्ट्रपति निकोलास मदुरोको सत्ता अवैधानिक हो ।” प्रदर्शनकारीमाथि भइरहेको निर्मम दमनले अमेरिका दुःखी छ, उहाँले भन्नुभयो ।

निहत्था प्रदर्शनकारीमाथि सैनिक शक्ति प्रयोग गरिएकोप्रति आपत्ति जनाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “सबै विकल्प खुला रहेको” प्रतिक्रिया दिनुभएको छ । राष्ट्रपति ट्रम्पले भेनेजुएला विरुद्ध थप आर्थिक नाकाबन्दी लगाउने सम्भावना पनि छ ।

भेनेजुएलामा उत्पादित एक तिहाई इन्धन संयुक्तराज्य अमेरिका निकासी हुने गर्दछ । विश्लेषकहरुले तेल आयातमा कुनै किसिमको नाकाबन्दी लगाइए त्यसले अमेरिकी अर्थतन्त्रमा समेत असर पर्ने बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला विवादमा पनि डेमोक्र्याट पार्टीबाट खासै समर्थन प्राप्त गर्नुभएको छैन ।

डेमोक्र्याटी पार्टीका एकजना वरिष्ट सदस्य एवं सिनेटर बर्नी स्यान्डर्सले भन्नुभयो, “हामीले विगतका पाठबाट सिक्नु पर्दछ र कुनै मुलुकको सत्ता परिवर्तनमा अल्झिनु हुँदैन वा कुनै किसिमको सत्ता विद्रोहलाई समर्थन गर्नु हुँदैन ।

विगतमा हामीले चिली, ग्वाटेमाला, ब्राजिल र डोमिनिकन रिपब्लीकमा अमेरिकी प्रयत्न खासै फलदायी नरहेको उदाहरण हाम्रै अघिल्तिर छ ।”

उहाँले भेनेजुएलाको सत्ताले निहत्था प्रदर्शनकारीमाथि गरेको निर्मम दमनको भत्र्सना गर्नुभयो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मदुरोलाई टेलिफोन गरी समर्थन जनाउनुभएको छ । भेनेजुएलामा उत्पन्न सङ्कट बाहिरी मुलुकको उक्साहटमा भएको समेत पुटिनले बताउनुभएको छ ।

भेनेजुएलालाई सबैभन्दा बढी ऋण उपलब्ध गराइआएको चीनले बाह्य शक्तिले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेकाप्रति आपत्ति जनाएको छ ।

मदुरोलाई मेक्सिको, क्युबा र बोलिभियाका बामपन्थी सरकारहरुले विगतमा झैं समर्थन यथावत रहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group