ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ दूरसञ्चार कम्पनी हुवावे र यसकी प्रमुख वित्त अधिकृत मेङ वाङ्जुविरुद्ध मुद्दा दायर


एबीसी न्यूज
१५ माघ २०७५, मंगलबार   ९ : १७   बजे

काठमाडौं,  १५माघ।   अमेरिकाको न्याय विभागले चिनियाँ दूरसञ्चार कम्पनी हुवावे र यसकी प्रमुख वित्त अधिकृत मेङ वाङ्जुविरुद्ध मुद्दा दायर गरेको छ । क्यानडाले चीनका लागि आफ्ना राजदूतको बर्खास्त गरेलगत्तै अमेरिकाले विभिन्न २३ अभियोग लगाउँदै मुद्दा दायर गरेको हो ।

विश्वकै दोस्रो ठूलो स्मार्ट फोन निर्माण कम्पनी हुवावे र वाङ्जुमाथि बैंक ठगी र न्यायमा अवरोध गरेको अभियोग अमेरिकाले लगाएको छ । प्रविधि चोरीलगायत कुल २३ अभियोग अमेरिकामाथि लगाइएको बीबीसीले जनाएको छ ।

मेङ गत महिना क्यानडाबाट पक्राउ परेकी थिइन् । इरानमाथि अमेरिकाले लगाएको नाकाबन्दीको अवज्ञा गरेको आरोपमा उनलाई पक्रन अमेरिकाले आग्रह गरेपछि मेङलाई क्यानडा सरकारले नियन्त्रणमा लिएको थियो । यद्यपि, उनी त्यसको केही दिनपछि रिहा भएकी थिइन् ।

तर, अमेरिकाले अहिले विविध अभियोग लगाउँदै मुद्दा दायर गरेको छ । हुवावे र यसकी वित्त प्रमुख मेङले अमेरिकाले लगाएको आरोप इन्कार गरेका छन् । अमेरिकी आरोपमाथि कुनै सत्यता नरहेको हुवावे र मेङको दाबी छ ।

व्यापारिक विषयले अमेरिका र चीनबीचको सम्बन्ध तिक्त बनिरहेका बेला भएको यो घटनाले दुईबीचको सम्बन्ध थप चिसिने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अटोमोबाइल क्षेत्र अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

प्रचण्ड–माधव बैठकपछि बागमती सरकारलाई राहत, ८ सांसद विश्वासको मत दिन सकारात्मक

सम्बन्धित

इरानका करिब ६० संस्था, व्यक्ति र पानीजहाजमाथि अमेरिकाको प्रतिबन्ध

अमेरिकी दबाब र धम्कीबाट सम्झौता कार्यान्वयन जटिल हुने इरानी राष्ट्रपति पेजेस्कियानको भनाइ

अमेरिकाले दुई लाखसम्म बी१/बी२ भिसा रद्द गर्ने तयारी, शरण माग्नेहरू लक्षित

इजरायली प्रधानमन्त्री नेतन्याहूद्वारा छोराको हत्या प्रयासको दाबी

पाकिस्तानी जेलमा रहेका आफ्ना पूर्वपति इमरानका लागि जेमिमाले गुहारिन् बेलायत

फारसको खाडीमा तनाव चर्किँदा चीनको आग्रह– ‘सकेसम्म चाँडो वार्तामा फर्कनुपर्छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu