ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेलकूदको क्षेत्रबाट नेपाल विश्व समुदायमाझ चिनिन सफल : नेता पौडेल


admin
१६ माघ २०७५, बुधबार   १ : २७   बजे


दमौली, १६ माघ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले खेलकूदको क्षेत्रमा नेपालले फड्को मार्न थालेको बताउनुभएको छ । 

शहीद दिवसका अवसरमा व्यास नगरपालिकाले आज आयोजना गरेको दोस्रो अल्ट्रा म्याराथन प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकूदमा नेपालले प्राप्त गरेको सफलताले देशको गौरव बढाउन सहयोग पु¥याएको बताउनुभयो । 

वरिष्ठ नेता पौडेलले भन्नुभयो, “खेलकूदको क्षेत्रबाट नेपाल विश्व समुदायमाझ चिनिन सफल भएको छ, यो सकारात्मक हो ।” 

“खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको दौड प्रतियोगिताले व्यास नगरपालिकालाई समेत परिचित गराउन सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो । 

राष्ट्रिय धावक वैकुण्ठ मानन्धरले खेल क्षेत्रको माध्यमबाट नेपाललाई विश्वमाझ चिनाउन खेलाडीले प्रयत्न गर्नुपर्नेमा जोड दिनुभयो । 

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलकूदको माध्यमबाट पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित वार्षिकरुपमा म्याराथन प्रतियोगिता आयोजना गरिने बताउनुभयो । 

व्यास नगरपालिका–५ मानहुँबाट शुरु हुने म्याराथन व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किमि दूरीको रहको छ । म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ । 

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु ८०, रु ६० र रु ५० हजार प्रदान गरिनेछ भने सान्त्वना हुने पाँच जनालाई जनही रु १५÷१५ हजार प्रदान गरिनेछ । 

प्रतियोगितामा १९ जिल्लाका १०४ धावकको सहभागिता रहेको नगरपालिकाका प्रवक्ता एवं व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

माग गरेका छन ।

कर्मचारी समायोजन ऐन अनुसार आफूहरुलाई प्रदेश र स्थानीय तहमा खटाउँदा संघीय सेवाको दरबन्दी भने कायमै राख्न माग गर्दै शिक्षा मन्त्रालय अन्तरगतका कर्मचारीहरुले बुधबार बिहान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापन पत्र बुझाएका हुन ।

उनीहरुले कर्मचारी समायोजन गर्दा प्रदेश र स्थानीय तहका कर्मचारीहरुको वृत्तिविकासमा प्रतिकूल असर पर्न नदिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन । संघीय सेवाको दरबन्दी कायमै राखेर प्रदेश र स्थानीय तहमा आपूmहरुलाई खटाउन माग गर्दै मन्त्री पोखरेलको ध्यानाकर्षण गराइएको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, शिक्षा विभागीय कार्य समितिका अध्यक्ष हरिभक्त पौडेलले जानकारी दिनु भयो ।

शिक्षा सेवाका कर्मचारीले कर्मचारी समायोजन ऐनमा आफूहरुको बरियताक्रममा नै प्रतिकूल हुने व्यवस्था गरिएको उल्लेख गर्दै तत्काल सो प्रावधान हटाउन पनि सरकारसँग माग गरेका छन । उनीहरुले आफूहरुको सो माग तत्काल सम्बोधन भए आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन ।

यता, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले शिक्षा सेवाका कर्मचारीहरुको सो मागका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसँग छलफल गरी आवश्यक निर्णय लिने आश्वास दिनु भएको थियो । उहाँले त्यसक्रममा आफू मातहतका सबै कर्मचारीहरुलाई जनताले अनुभूति गर्नेगरी सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउन पनि निर्देशन दिनु भएको थियो ।

मन्त्री पोखरेलले कर्मचारीको वृत्ति विकास नरोकिने गरी आवश्यक व्यवस्था मिलाउन सरकार प्रतिवद्ध रहेको दावी पनि गर्नु भयो

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group