
काठमाडौं, १८ माघ । मस्तिष पक्षघात स्वाबलम्बन समुह र केयरर्स वल्ड वाईड यु के ले संयुक्त रुपमा आयोजना गरेको संरक्षकका लागि संरक्षण अन्तर्गत संस्थालाई दिगो बनाउने संगठन प्रकृया नामक चार दिने कार्यशाला गोष्ठी काठमाडौमा सम्पन्न भएको छ ।

गोष्ठी यहि माघ १४ गते शरु भई १७ गते सकिएको हो ।
विश्वभरमा अशक्त ब्यक्तिहरूको भन्दा उनीहरुका संरक्षकको अवस्था जटिल एवम् भयावह रहेको पाईन्छ ।त्यसैले संरक्षकहरू संगठित भई विभिन्न कार्यक्रमहरु मार्फत आफ्नो पहिचानका निमित्त वकालत गरीरहेका छन् ।

संरक्षकहरूलाई सशक्त बनाई संरक्षक संस्था संस्थाको संगठन प्रक्रिया शुरू गर्ने, दिगो बनाउने, दैनिक व्यवस्थापन तथा सम्भावित द्वन्द्व व्यवस्थापन सम्हाल्न , संम्पुर्ण संरक्षक र सरोकारवालाहरूबीच संजाल बनाई आवश्यकतामा आधारित क्रियाकलापहरूको विकास गर्ने तथा श्रोत खोजतलास तथा परिचालन कसरी गर्न सकिन्छ भन्ने उदेश्यले उक्त कार्यशाला गोष्ठी संचालन गरीएको हो ।

गोष्ठीमा संरक्षकका लागि संरक्षण कार्यक्रमका कर्मचारी, संरक्षक समाजमा चुनिएका तदर्थ समितिका पदाधिकारीहरु सहभागी भएका थिए ।
उक्त कार्यक्रमको समुद्घाटन मष्तिक पक्षघात स्वाबलम्वन समुह धापाखेलका प्रमुख कार्यकारी अधिकृत बिमललाल श्रेष्ठले गरेका थिए ।

संरक्षकका लागि संरक्षण कार्यक्रमकी संयोजक लुनी शाक्यको संयोजकत्वमा बसेको उक्त गोष्ठीमा केयरर्स वल्ड वाईडका कार्यकारी निर्देशक अनिल पटेल तथा रामाकृष्णा सुरडेओ श्रोत व्यक्ति थिए ।
उक्त गोष्ठीमा संरक्षक समाज बाग्लुङ र म्याग्दीका प्रतिनिधिहरू उपस्थित भई संगठन प्रकृयाका बारेमा आफ्ना अनुभवहरू आदान प्रदान गरेका थिए । कार्यक्रममा संरक्षक समाजकी सदस्य ज्योति खतिवडाको वाचा गर नामक गीतको भिडियो पनि प्रदर्शन गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्