काठमाडौं,२५ माघ । सेवाग्राहीसँग घुस लिएको आरोप लागेका काठमाडौं जिल्ला अदालतका न्यायाधीशमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायाधीश बाबुकाजी बानियाँमाथि कारबाही प्रक्रिया अगाडि बढाएका हुन ।
अदालतका सुब्बा चालिसे पाँच लाख घुससहित पक्राउ परेपछि न्यायाधीश बाबुकाजी बानियाँको संलग्नता रहेको पुष्टी भएपछि कारबाहीका लागि न्यायपरिषद् तानिएको हो । चालिसेले बयानका क्रममा न्यायाधीशकै निर्देशनमा आफूले घुस लिएको बताएका थिए ।
न्यायाधीशको संलग्नता देखिएपछि प्रधानन्यायाधीशले प्रमाण जुटाउनका लागि निर्देशन दिएका छन् । उनले न्यायाधीश बानियाँमाथि कारबाही प्रक्रिया अगाडि बढाउन न्यायपरिषद् तानिएको बताए ।
सवारी ज्यान मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घूस मागेको भन्ने सूचनाका आधारमा काठमाडौं जिल्ला अदालतका नायब सुब्बा चालिसेलाई यही माघ १७ गते पाँच लाख रुपैँया घूस सहित अख्तियारले बबरमहलबाट नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्