काठमाडौं, २५ माघ । काठमाडौं महानगरपालिका(४ सुकेधारास्थित प्रहरीलाई घुस दिन खोज्ने एक व्यतिmलाई प्रहरीले पक्राउ गरेको छ । १ सय रुपैयाँ घुस दिन खोज्ने मिनबहादुर तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
सुकेधारा चोकमा महानगरीय प्रहरी प्रभाग सुकेधाराबाट खटिएको प्रहरी टोलीले बा.५ ख ४४०१ नम्बरको टिपर जाँच गर्ने क्रममा रुट परमिट नभएकोले टिपर चालक तामाङले प्रहरीलाई उक्त रकम घुस दिन खोजेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्