काठमाडौं,२५ माघ । काठमाडौं बसुन्धरास्थित चोकबाट प्रहरीलाई घुस दिन खोज्ने दुई युवक पक्राउ परेका छन ।
महानगरीय प्रहरी बृत्त महाराजगञ्जबाट ट्राफिक प्रहरी सहित खटिएको चेकिङ टोलिले प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्ने आशिष थापा र विकाश थापालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी टोलीले ग.८ प १०५९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुले मादक पदार्थ सेवन गरेको र कागजपत्र जाँच गर्ने क्रममा प्रहरीलाई उक्त रकम घुस दिन खोजेकोले पक्राउ गरेको बताईएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्